भारतले यस वर्ष अन्य देशलाई खोप नदिने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ६, २०७८
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ ।
  • मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसकिने बताएका हुन् ।
  • ‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतको सेरम इन्स्टिच्युट प्रालिले यस वर्ष खोप निर्यात गर्न नसकिने बताएको छ । मंगलवार कम्पनीका प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले विज्ञप्ति जारी गर्दै भारतमा कोरोना संक्रमण तीव्ररूपमा बढेकाले सन् २०२१ भित्र अन्य देशलाई खोप उपलब्ध गराउन नसकिने बताएका हुन् ।

‘यस वर्षको अन्त्यसम्ममा कोभ्याक्स लगायतको खोप निर्यात गर्न सकिने विश्वास छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज खोपबाट खोप कार्यक्रम शुरू गरिएको थियो । पछि फागुन ९ नेपालले खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज भारतले पठाएकोमा बाँकी खोप भारतले हालसम्म पठाएको छैन ।

हालसम्म नेपालमा भारतले अनुदानमा दिएको १० लाख, खरीद गरेको १० लाख, भारतीय सेनाले सहयोगमार्फत उपलब्ध १ लाख, कोभ्याक्स सुविधाबाट प्राप्त ३ लाख ४८ हजारसहित २४ लाख ४८ हजार कोभिशिल्ड खोप आएकोमा २३ लाख ४८ हजारलाई लगाइएको छ, जसमध्ये ३ लाख ६९ हजार ४४९ लाई मात्र दोस्रो मात्राको खोप लगाइएको छ । २१ लाख १२ हजार १९ जनालाई दोस्रो मात्रा दिन बाँकी रहेको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

भारतले खोप नदिने भएपछि खोपको दोस्रो मात्रा लगाउन बाँकी २१ लाखले तत्काल खोप नपाउने देखिएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
संस्कृतिको आत्मसातले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रधानमन्त्री अाेली
पैसामा विवाद हुँदा श्रीमतीको हत्या
पैसामा विवाद हुँदा श्रीमतीको हत्या
आजको राशिफलमा के छ तपाइँको !
आजको राशिफलमा के छ तपाइँको !
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
८८ किलो सुन प्रकरणमा लैनचौरका डिएसपीलाई स्पष्टीकरण
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन
शान्तिसुरक्षाको माग गर्दै महिलाहरुले गरे सरकारविरुद्ध प्रदर्शन
कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी
कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी

तपाईंले छुटाउनुभयो कि?