रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन २५, २०७८
|
|
५६ पटक हेरिएको
Shares
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा

सारांश

  • बीबीसी।
  • युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।
  • अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले “रुसको अर्थतन्त्रको मुख्य धमनी”लाई नै प्रहार गर्ने बताएका छन्।

बीबीसी। युक्रेनमाथि मस्कोको आक्रमणको विरोधमा आर्थिक प्रतिबन्धलाई बढाउँदै अमेरिका र ब्रिटेनले रुसी तेलमा प्रतिबन्ध लगाउँदै छन् भने युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले “रुसको अर्थतन्त्रको मुख्य धमनी”लाई नै प्रहार गर्ने बताएका छन्। ऊर्जा निर्यात रुसी आम्दानीको एउटा महत्त्वपूर्ण स्रोत हो, तर पश्चिमी देशहरूको यो कदमले उनीहरूकै उपभोक्तालाई पनि असर गर्ने सम्भावना हुन्छ। यसैबीच, बहुराष्ट्रिय ठूला ब्रान्डहरूले रुसबाट बाहिरिने क्रम जारी राखेका छन्।

म्याकडोनल्डस् र कोका-कोला रुस छाड्ने पछिल्ला कम्पनी बनेका छन्। रुसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै मात्रामा निर्भर छ। यो साउदी अरब र अमेरिकापछि विश्वकै तेस्रो ठूलो तेल उत्पादक देश हो। पश्चिमा प्रतिबन्धहरूको घोषणाअघि रुसले त्यस्ता प्रतिबन्धहरूले विश्वव्यापी अर्थतन्त्रमा “विध्वंसक” नतिजा ल्याउने चेतावनी दिएको थियो। उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ।

द्वन्द्वले अमेरिका र ब्रिटेनमा पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ। युद्ध भइरहेको युक्रेनमा आक्रमणमा परेका दुईवटा क्षेत्रबाट सर्वसाधारणलाई बाहिर निकालिएको छ। अमेरिकाले हालसम्म ४,००० रुसी सैनिक मारिएको हुनसक्ने बताएको छ।

अमेरिकी राजनीतिका दुवै पक्षबाट राष्ट्रपति बाइडनलाई रुसी अर्थतन्त्रलाई लक्षित गर्न दबाव परेको थियो। बाइडनले भने, “हामी सबैखाले रुसी तेल र ग्यास तथा ऊर्जाका सबै आयातमा प्रतिबन्ध लगाइरहेका छौँ।” “यसको अर्थ अब रुसी तेल अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनलाई अर्को शक्तिशाली प्रहार गर्नेछन्।”

उनले यो कदम “देशभित्र असर पर्ने” मूल्यमा नै चालिएको र साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए। उस्तै शैलीमा ब्रिटेनले पनि सन् २०२२ को अन्त्यसम्ममा रुसी तेलको आयात बन्द गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले यो कदमले रुसलाई तुरुन्तै असर गर्ने छैन भनेर स्वीकारेका छन्।

तर उनले भने “यसले के गर्छ भने रुसमाथि दबावमा थपिनेछ जुन हामीले अहिले रुसमा देखिरहेका छौँ।” अमेरिकी तेल र प्रशोधित उत्पादन आयातको लगभग ८ प्रतिशत रुसबाट आयात हुन्छ रुसले ब्रिटिश तेल आयातको लगभग ६ प्रतिशत हिस्सा रुसी तेलले ओगटेको छ। तर ईयू भने रुसी ऊर्जामा धेरै नै निर्भर छ। त्यसैले ईयूले तत्कालै प्रतिबन्ध लगाउने कडा कदम चाल्न सकेको छैन।

युरोपेली आयोगले “सन् २०३० भन्दा पहिले” रुसी जीवाश्म इन्धनबाट युरोपलाई मुक्त बनाउने लक्ष्यका साथ वैकल्पिक ऊर्जा आपूर्तिमा रूपान्तरण गर्ने र त्यो कमीलाई पूरा गर्न वातावरणमैत्री ऊर्जालाई तीव्र विस्तार गर्ने बताएको छ।

अमेरिकी र युरोपेली प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि केही वस्तु र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाउने योजना घोषणा गरेको छ। तर त्यसको विस्तृत विवरण आउन अझै बाँकी छ। यद्यपि रुस अन्न र धातुको प्रमुख निर्याकर्तामध्ये पर्छ। ]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सैनिकभित्र यसरि हुनेरहेछ याैनधन्दा !
सैनिकभित्र यसरि हुनेरहेछ याैनधन्दा !
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
लमजुङमा मतदाता शिक्षा कार्यक्रम प्रभावित
लमजुङमा मतदाता शिक्षा कार्यक्रम प्रभावित
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
आज १२ औँ गणतन्त्र दिवस
आज १२ औँ गणतन्त्र दिवस
आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार
आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार
हिमाली बौद्ध धर्मावलम्वीले मनाउने सागा दावा के हो ?
हिमाली बौद्ध धर्मावलम्वीले मनाउने सागा दावा के हो ?
नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग
नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै
बङ्गलादेशी राष्ट्रपति हमिद चार दिने भ्रमणमा आज काठमाडाैं आउँदै

तपाईंले छुटाउनुभयो कि?