अर्थमन्त्री जनार्दन शर्माले गरे चर्च शिलान्यास

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ८, २०७८
|
|
५८ पटक हेरिएको
Shares
अर्थमन्त्री जनार्दन शर्माले गरे चर्च शिलान्यास

सारांश

  • गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गरेका छन् ।
  • सोमवार बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका हुन् ।
  • नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण शुरु गरिएको जानकारी दिए ।

गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गरेका छन् । सोमवार बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका हुन् ।

नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण शुरु गरिएको जानकारी दिए । हाललाई प्रदेश सरकारले ३० लाख रुपैयाँ उक्त भवन निर्माणका लागि विनियोजन गरेको मन्त्री शर्माले बताए ।

निर्माण शुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रुपैयाँ रहेको छ । बाँकी बजेटको निम्ति अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिएको शर्माले जानकारी दिए । चर्चका संस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूले पनि अनुरोध गरिरहेको जनाए ।

मुसिकोट नगरपालिकामार्फत् कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । निर्माण समितिका अध्यक्ष भीमबहादुर बोहोराले मंगलबारदेखि भवन निर्माणको काम तीब्र गतिमा भएको उल्लेख गरे । यस पटकको बजेटबाट भवनको निम्ति टाईबिम र पिलरहरु बैशाख मसान्तभित्र निर्माण हुनेछ । थप बजेट व्यवस्थापन भएको अवस्थामा अन्य काम थालिने उहाँले जानकारी दिए ।

चर्च भवन तीनतले हुने छ । माओवादीमाथि जनयुध्दताका खोजीखोजी मन्दिर तोडफोड गरेको आरोप छ । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत
प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
नेपालीलाई फर्काउन रुसले मान्दिहाल्ने स्थिति छैन : प्रधानमन्त्री प्रचण्ड
के साचै चितवनका  कांग्रेसले भोट हालेनन त  प्रचण्डपुत्री दाहाललाई ?
के साचै चितवनका कांग्रेसले भोट हालेनन त प्रचण्डपुत्री दाहाललाई ?
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
खोलाले बगाएका ४ जना मध्ये १ जनाको मृत्यु,२ जना बेपत्ता
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
भक्तपुरको बिकाशमा थप उर्जा प्याराग्लाईडिकको सफल परिक्षण
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-

तपाईंले छुटाउनुभयो कि?