प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५१ पटक हेरिएको
Shares
प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत

सारांश

  • बेत्रावती, ११ मङ्सिर, नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ ।
  • केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
  • स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले पछिल्लो समय जिल्लाको बेलकोटगढी नगरपालिकाको बाघखोर, तार्केश्वर गाँउपालिकाको दाङसिंह, शिवपुरी गाउँपालिकाको शेराबगर र पञ्चकन्या गाउँपालिकाको लाकुरीभञ्याङ्मा नयाँ एकाइ स्थापना गरेको छ ।

बेत्रावती, ११ मङ्सिर, नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ ।
केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले पछिल्लो समय जिल्लाको बेलकोटगढी नगरपालिकाको बाघखोर, तार्केश्वर गाँउपालिकाको दाङसिंह, शिवपुरी गाउँपालिकाको शेराबगर र पञ्चकन्या गाउँपालिकाको लाकुरीभञ्याङ्मा नयाँ एकाइ स्थापना गरेको छ । काठमाडौँसँगैको सीमालाई दृष्टिगत गरी गुज्रेभञ्याङ्मा पनि नयाँ एकाइ स्थापना भएकोे छ ।
लाकुरीभञ्याङ्मा ‘क’ वर्गको इलाका प्रहरी कार्यालय र अन्य स्थानमा अस्थायी प्रहरी चौकी स्थापना भएका हुन् । प्रहरी प्रमुख कुँवरका अनुसार नयाँ स्थानमा स्थापना भएका एकाइले तोकिएको कार्यक्षेत्रभित्र सुरक्षा व्यवस्था चुस्त बनाउन पहल गर्दै आएको छ ।

नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय–प्रहरी साझेदारी अभियान’, ‘टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी’लगायत कार्यक्रमलाई बस्ती तथा टोलसम्म पु¥याएर जनतासँग प्रहरीलाई नजिक बनाउन समेत अवसर मिलेको छ । नयाँ स्थानमा स्थापित एकाइ भने टहरा र भाडाको घरमा कठिनाइका साथ काम गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य
विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य
१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा
१ सय ३० स्थानीय तह अझै पनि निमित्तकै भरमा
‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा
‘अघोरी बाबा’की पत्नीमाथि ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दा
२४६ वटा कोकेनका प्याकेट निलेका यात्रुको विमानमै मृत्यु
२४६ वटा कोकेनका प्याकेट निलेका यात्रुको विमानमै मृत्यु
चलचित्र ‘पण्डित बाजेकाे लाैरी’ बिरूद्ध सर्वोच्च अदालतमा मुद्धा
चलचित्र ‘पण्डित बाजेकाे लाैरी’ बिरूद्ध सर्वोच्च अदालतमा मुद्धा
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
तुल्सीभञ्ज्याङमा हवाई फायर
तुल्सीभञ्ज्याङमा हवाई फायर
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
भोर्लेटारबाट घरेलु हतियारसहित ४ जना पक्राउ
भोर्लेटारबाट घरेलु हतियारसहित ४ जना पक्राउ
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित
त्रिशुलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

तपाईंले छुटाउनुभयो कि?