मतपत्र छपाईको तयारी सुरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १४, २०७८
|
|
५४ पटक हेरिएको
Shares
मतपत्र छपाईको तयारी सुरु

सारांश

  • वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ ।
  • एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो ।
  • हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ ।

एक/ दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

स्थानीय तह चुनावमा २ करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १०/१५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने भएकाले त्यसैअनुसार तयारी भएको आयोगले जनाएको छ ।

आयोगले हिजो सार्वजनिक गरेको विवरणअनुसार देशभर मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ रहेको छ । आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।

साना दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय भएको छ । राष्ट्रिय मान्यताप्राप्त दललाई मात्र चुनाव चिह्न दिने कानुनी व्यवस्थाको साना दलले विरोध गरेपछि आयोगले साना दललाई पनि उनीहरुकै चिह्न दिने निर्णय गरेको हो । जिल्लाहरुमा साना दलको उपस्थितिको आधारमा चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी
बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल पक्षको तयारी
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटमाथी सर्वोच्च अदालतमा सुनुवाई सुरु
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
एलन मस्कमार्फत् ट्रम्पलाई ओलीको बधाई, स्टारलिंकबारे मस्कको ब्रिफिङ
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
मुल नहर भत्किन थालेपछि सिक्टा सिँचाइको गुणस्तर छानबिन गर्न माग !
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
१७ स्थानीय तहको परिणाम सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रधानमन्त्री निवासलाई विश्वविद्यालय बनाउने, बुलेट प्रुफ गाडी बिक्री गर्ने

तपाईंले छुटाउनुभयो कि?