यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १४, २०७८
|
|
५३ पटक हेरिएको
Shares
यस वर्षको ओस्कार अवार्डमा को को बने उत्कृष्ट ?

सारांश

  • कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमै आयोजना गरिएको यस वर्षको प्रतिक्षित ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भएको छ ।
  • अमेरिकाको लस एन्जल्समा नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न भएको ओस्कार अवार्डको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको हो ।
  • यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ बेस्ट फिल्म घोषणा भएको छ ।

कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमै आयोजना गरिएको यस वर्षको प्रतिक्षित ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको लस एन्जल्समा नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न भएको ओस्कार अवार्डको समारोहमा २३ विधामा अवार्ड वितरण गरिएको हो । यसवर्षको ओस्कार अवार्डमा ‘कोडा’ बेस्ट फिल्म घोषणा भएको छ । अभिनेताको रुपमा विल स्मिथले पहिलो ओस्कार पनि जिते । उनले किङ रिचर्डबाट अवार्ड जितेका हुन् ।

यस्तै, निर्देशनमा जेनी क्याम्पियनले फिल्म ‘द पावर अफ दी डग’ बाट निर्देशकको अवार्ड जितिन् । ‘ड्युन’ ले सर्वाधिक ६ विधामा ट्रफी उचाल्यो । ओस्कार इतिहासमै पहिलोपटक पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधा यसपटक समावेश गरियो ।

विवादित मानिएको यो विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत दर्शकले यो विधामा मतदान गरेका थिए । सहअभिनेता विधामा जितेका ‘कोडा’ अभिनेता ट्रोइ कोत्सर ओस्कार इतिहासमै दोस्रो बहिरा अभिनेता बने ।

अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट भएसँगै जापानले १४ वर्षपछि ओस्कार जित्यो । ‘वेस्ट साइड स्टोरी’ बाट सहअभिनेत्रीमा एरियाना डिवोस ओस्कार जितिन् । बियोन्से, बाइल्ली एलिस, फिनीस, रेबा म्याकइन्टाएरजस्ता विश्वचर्चित गायिकाले ओस्कारको मञ्चबाट सांगीतिक प्रस्तुति दिए ।

आफ्नी पत्नीको खौरिएको कपालबारे व्यंग्य गरेको भन्दै अभिनेता विल स्मिथले होस्ट रहेका क्रिस रकलाई स्टेजमै चढेर झापड समेत हानेका थिए ।

हेर्नुहोस् ओस्कार अवार्डको ९४ औँ संस्करण विजेता सूची :

फिल्म ः कोडा
निर्देशक ः जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री ः जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता ः विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री ः एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता ः ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन ः क्रुएला (जेन्नी विभान)
ध्वनि ः ड्युन
ओरजिनल स्कोर ः ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले ः सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिनप्ले ः केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट ः द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट ः द लङ गुडबाइ
सम्पादन ः ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ ः द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर ः एनकान्टो
डकुमेन्ट्री फिचर ः समर अफ सउल
डकुमेन्ट्री सर्ट ः द क्वीन अफ बास्केटबल
ओरजिनल सङ ः नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन ः ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर ः ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन ः ड्युन
भिजुअल इफेक्ट ः ड्युन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
निर्मला हत्या प्रकरण: बम बहिनीहरुले ‘लास पनि त्यतै होला’ किन भने ?
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
पाकिस्तानकाे ७२ अाैँ स्वतन्त्रता दिवस (फाेटाे)
पाकिस्तानकाे ७२ अाैँ स्वतन्त्रता दिवस (फाेटाे)
गोकर्णेश्वर नगरपालिकाको मतगणना सुरु
गोकर्णेश्वर नगरपालिकाको मतगणना सुरु
बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु :  भट्टराई
बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु : भट्टराई
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
प्रधानमन्त्री देउवाको उम्मेदवारी वारेसनामामार्फत
सातै प्रदेशमा ४२ हजार युवालाई तालिम दिंदै
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
अर्जुन कपुर मलाइका अरोराको घरमा, बुबाआमासँग हात माग्न गएको अनुमान !
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड
विद्यालयदेखि विश्वविद्यालयसम्म प्राविधिक शिक्षा आजको आवश्यकता : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?