रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १०, २०७९
|
|
६३ पटक हेरिएको
Shares
रुपन्देहीको कोटहीमाईमा लाेसपा विजयी

सारांश

  • भैरहवा।
  • रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन्।
  • त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन्।

भैरहवा। रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण निर्वाचित भएका छन्। त्रिपाठी ४ हजार ६ सय ३८ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाल जनता पार्टीका अशोककुमार कलवार ४ हजार २ सय ३९ मत प्राप्त गरे। १२ जना प्रतिस्पर्धी रहेको पालिका अध्यक्षमा त्रिपाठीले कलवारलाई ३ सय ९९ मतले पछि पार्दै विजय निकालेका हुन्।

उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकै सुशीलाकुमारी यादव निर्वाचित भएकी छन्। यादवले निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसकी गुजराती यादवलाई १ हजार २ सय ९४ मतले पछि पार्दै विजय निकालेकी हुन्। गुजरातीले ३ हजार ४ सय ४२ मत प्राप्त गरिन् भने निर्वाचित शुशिला यादवले ४ हजार ७ सय ३६ मत पाइन्।

वडामा मिश्रित नतिजा आएको छ। ७ वटा वडा रहेको पालिकामा वडा नम्बर १ मा लोसपाका राजेश तेली ६ सय ९५ मत ल्याएर विजयी भएका छन्।

वडा नम्बर २ मा जसपाका अमरनाथ यादव ९ सय ४५ मत ल्याइ विजयी भएका छन् भने ३ मा नेपाल जनता पार्टीका विष्णु नारायण पाण्डे एक हजार २० मत ल्याइ विजयी भए। वडा नम्बर ४ मा लोसपााका बेचुराम गडेरिया ५ सय ४७ मत ल्याइ विजयी भए भने ५ मा पनि लोसपाका संजय कुमार सैनी एक हजार ४६ मत प्राप्त गरि विजयी हुन सफल भए।

यस्तै वडा नम्बर ६ मा जसपाका विनोद यादव ५ सय ४ मत ल्याइ विजयी भए । वडा नम्बर ७ मा कांगे्रसका पवन कुमार यादव ७ सय ४४ मत प्राप्त गरी निर्वाचित भए ।

७ वडा रहेको कोटहीमाईमा २६ हजार २ सय ४२ मतदाता रहेकोमा २० हजार ६ सय ७५ जनाले मताधिकार प्रयोग गरेका थिए।

१६ स्थानीय तह रहेको रुपन्देहीमा अब तिलोत्तमाको मतगणना गर्न मात्रै बाँकी छ । तिलोत्तमामा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन
सर्पले डसेका बालकको उपचारमा २६ लाख सहयोग सङ्कलन
भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टलाई सुधारगृह पठाइने
भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टलाई सुधारगृह पठाइने
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुः शिक्षामन्त्री पोखरेल
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक
सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक
माग पूरा नभए बजेट अधिवेसन चल्न नदिने राजपाको चेतावनी
माग पूरा नभए बजेट अधिवेसन चल्न नदिने राजपाको चेतावनी
पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याइँदै
पैदलयात्रीलाई गन्तव्यसम्म पुर्याइँदै
एमालेले छान्यो मध्यरातमा राष्ट्रपतिको उम्मेदवार
एमालेले छान्यो मध्यरातमा राष्ट्रपतिको उम्मेदवार
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
तीन बजे ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक
भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ
भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ

तपाईंले छुटाउनुभयो कि?