सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ५, २०७९
|
|
४७ पटक हेरिएको
Shares
सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक

सारांश

  • काठमाडौं।
  • स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ।
  • निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ।

काठमाडौं। स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटकाे भागवण्डा पनि मिलाउन सकेकाे छैन।
सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय भए पनि सिटकाे भागबण्डा नै टुंगिएकाे छैन। नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन्।
भागवण्डा टुंग्याउन साेमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ। समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुनसक्नेछ।
माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ। [image: deuba-7-590×375-1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?