मदिरा निषेधित वडा घोषणा

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २९, २०७६
|
|
५४ पटक हेरिएको
Shares
मदिरा निषेधित वडा घोषणा

सारांश

  • मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
  • वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।
  • मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो ।

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मङ्गलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिनुभयो ।मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा गरिएको हो । भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ ।

मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि रु १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि रु १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर रु एक हजार ५०० देखि पाँच हजारसम्म जरिवाना तोकिएको छ । दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिनुभयो ।तीन पटकभन्दा बढी कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
Complaint filed against John Abraham’s film ‘Satyameva Jayate’ for hurting ‘religious sentiments’
उपलकुपति  प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
उपलकुपति प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
२ करोड फिरौती मागेर  बालक अपहरण गर्नेलाई  प्रहरीको  फन्दामा
२ करोड फिरौती मागेर बालक अपहरण गर्नेलाई प्रहरीको फन्दामा
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
पाटेबाघ मृतावस्थामा फेला
पाटेबाघ मृतावस्थामा फेला
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका अहम : राष्ट्रपति पौडेल
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
सार्वजनिक सेवामा अतिरिक्त दस्तुर तिर्नुपर्ने अवस्था विद्यमान
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
निजामती कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो
राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

तपाईंले छुटाउनुभयो कि?