नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
६५ पटक हेरिएको
Shares
नेकपाद्वारा कास्की-२ मा विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिश

सारांश

  • चिप्लेढुंगा।
  • नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ।
  •  सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्।

चिप्लेढुंगा। नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ। सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’ रहेका छन्।

प्यासी नेकपाका पुराना वामपन्थी नेता हुन् भने करण विगत २०७४ को निर्वाचन कास्की २ (ख) बाट प्रदेशसभामा झिनो मतले पराजित भएका थिए। यसअघि नेकपा जिल्ला कमिटीको कात्तिक ८ गतेको निर्णयले विद्या भट्टराईको एकल नाम सिफारिश गरे पनि केन्द्रले तीन जनाको नाम सिफारिश गर्न भनेकाले दुई जनाको नाम थपिएको नेकपा गण्डकी इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

वरिष्ठताको आधारमा अधिकारी र जनजातिको कोटाबाट कास्की इन्चार्जसमेत रहनुभएका करणलाई सिफारिश गरिएको नेकपा गण्डकी संयोजक हितराज पाण्डेले जानकारी दिए। आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ। यसैबीच नेपाली काङ्ग्रेसले १६ जनाको नाम सिफारिश गरेर पठाएको छ भने उम्मेदवारको बारेमा आज टुङ्गो लगाउने भन्दै पदाधिकारी बैठक बस्ने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री
प्रकाशलाई सच्चा श्रद्धाञ्जली दिन देशका लागि राम्रो गरौँ: प्रधानमन्त्री
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
बामदेव गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा
चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा
‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन
‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा प्रदर्शन
सुनसरी १ : गुरुले भेट्टाएनन् चेला
सुनसरी १ : गुरुले भेट्टाएनन् चेला
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
गोक्यो तालमा डुबेका तीन विद्यार्थी मध्ये एकको शव निकालियो
प्रचण्ड पत्नी सिता अस्पताल भर्ना
प्रचण्ड पत्नी सिता अस्पताल भर्ना
सीमा नियन्त्रण र भन्सार कडाइपछि नेपालगञ्जमा फस्टायो स्थानीय तरकारी बजार, किसानले पाए उचित मूल्य
सीमा नियन्त्रण र भन्सार कडाइपछि नेपालगञ्जमा फस्टायो स्थानीय तरकारी बजार, किसानले पाए उचित मूल्य

तपाईंले छुटाउनुभयो कि?