प्रचण्ड पत्नी सिता अस्पताल भर्ना

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रचण्ड पत्नी सिता अस्पताल भर्ना

सारांश

  • काठमाडौं।
  • नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छन्।
  • लामो समयदेखि अस्वस्थ रहेकी सिताको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छन्। लामो समयदेखि अस्वस्थ रहेकी सिताको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। 
ज्वरो र रुघाखोकीले ग्रस्त बनेकी सितालाई सुमेरु अस्पतालमा भर्ना गएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। ‘ज्वरो रुघाखोकीले सताएपछि आइतबार विहान साढे नौ बजे समेरु अस्पतालमा भर्ना गरिएको छ,’ सापकोटाले भने। 
लामो समयदेखि सुगर, प्रेसरलगायतका समस्याबाट पीडित सिता दाहालको यसअघि सिंगापुरमा उपचार गरिएको थियो। गत वर्ष आफ्ना एकमात्र पुत्र प्रकाश दाहालको निधन भएपछि सिता झन असक्त बन्दै गएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?