निर्वाचन सर्ने सूचना पाएपछि सरकारबाट बाहिरिने माओवादी निर्णय स्थगित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
निर्वाचन सर्ने सूचना पाएपछि सरकारबाट बाहिरिने माओवादी निर्णय स्थगित

सारांश

  • सरकारबाट बाहिरिने माओवादीको निर्णय स्थगित भएको छ ।
  • सिंहदरबारमा पत्रकार सम्मेलन गरी गृहमन्त्री जनार्दन शर्माले आफूहरु सरकारबाट बाहिरिने निर्णयकाे ड्राफ्ट गर्दै गर्दा निर्वाचन आयोगबाट आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सर्ने सूचना प्राप्त भएपछि सरकारबाट बाहिरिने निर्णय तत्कालका लागि स्थगित गरेको पत्रकार सम्मेलनमा बताए ।
  • पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘हाम्रो पहिलो प्राथमिकता सरकार होइन, निर्वाचन हो ।

सरकारबाट बाहिरिने माओवादीको निर्णय स्थगित भएको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गरी गृहमन्त्री जनार्दन शर्माले आफूहरु सरकारबाट बाहिरिने निर्णयकाे ड्राफ्ट गर्दै गर्दा निर्वाचन आयोगबाट आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सर्ने सूचना प्राप्त भएपछि सरकारबाट बाहिरिने निर्णय तत्कालका लागि स्थगित गरेको पत्रकार सम्मेलनमा बताए ।

पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘हाम्रो पहिलो प्राथमिकता सरकार होइन, निर्वाचन हो । निर्वाचन निर्धारित समयमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरेका हौं ।’

माअाेवादीका मन्त्रीलार्इ विना विभागीय बनाउँने हल्ला चलेकाे छ भन्ने पत्रकारकाे जिज्ञासामा मन्त्री शर्माले भने,  ‘निर्वाचन निर्धारित समयमा हुने सुनिश्चितता भए भाेलिनै राजिनामा दिन्छाैं । हामीलार्इ सत्ता माेह छैन् । विभागीय वा विनाविभागीय बनाउने याे प्रधानमन्त्री जीकाे कुरा हाे ।’

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?