कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
कस्तो अनौठो परम्परा छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने !

सारांश

  • सुरुंगा,(झापा) : छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो ।
  • नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ ।
  • पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् ।

सुरुंगा,(झापा) : छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ ।

पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो नै त्याग्नुपर्‍यो ।

बेस्रा दम्पती सन्थाल समुदायमा नौलो पात्र होइनन् । सन्थाल जातिमा घरज्वाइँ राख्ने परम्परा परापूर्वकालदेखिकै हो । ‘हामी छोरी अर्काको घरमा पठाउँदैनौं । ज्वाइँ ल्याएर घरजम गर्ने गर्छौं,’ झापा सरणामतीका ३० वर्षीय मुन्सी बासकीले भने । ‘अन्य जातिले छोरी अन्माएर कुटुम्बलाई दिइन्छ तर यो समुदायमा फरक प्रचलन छ,’ झापाका कांग्रेस नेता टंक विश्वकर्माले भने ।

पूर्वीनेपालमा सन्थाल समुदाय करिब ५ हजार संख्यामा छ । झापा सुरुंगा आसपास वन क्षेत्रमा बसोवास गर्ने यो समुदायका करिब ४० घरमध्ये अधिकांशमा घरज्वाइँ छन् । लाल बेस्राका आमा रानी वासकीले २६ वर्षअघि बुबा हणमा वासकीलाई विवाह गरी भित्र्याएकी थिइन् । सरणामती- ६ झापामा जन्मे÷हुर्केका हणमा हाल घरज्वाइँ भएर झापाको भाकोडुब्बामा बस्दै आएका छन् ।

सन्थाल समुदायको अन्य जातिको भन्दा छुट्टै विवाह संस्कार रहेको स्थानीय बताउँछन् । यो समुदायमा ज्वाइँ खोज्न रस्साकस्सी पर्छ । लाल बेस्रालाई घरज्वाइँ बनाएकी सुमीकी आमाले देवन मि श्रलाई बिहे गरी आफ्नो घर भित्र्याएकी थिइन् ।

रानी सामुदायिक वन क्षेत्रमा सन्थाल परिवारले टहरा बनाएर बस्दै आएका छन् । वन क्षेत्रमा पाँच वर्ष अघिसम्म ५÷७ परिवार मात्र थिए तर ज्वाइँको संख्या बढ्दै जाँदा परिवार पनि फैलिएको र सामुदायिक वनमा अतिक्रमणसमेत बाक्लेको समूहका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनले नजिकै नयाँ बस्ती निर्माण गरी व्यवस्थापन गरिएको बताए । आफ्नो थातथलो यकिन नभएका सन्थाल जातिको आफ्नै नाममा जग्गा जमिन छैन । खुला ऐलानी जग्गामा टहरा बनाई सुकुम्बासीका रूपमा बसोवास गर्दै आएका छन् ।

सन्थालहरू श्रमको खोजीमा सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल छिरेर बसोवास गर्दै आएका हुन् । हाल उनीहरूको संख्या बढ्दै गएको सेक्टर वन सुरुंगा झापाका सहायक वन अधिकृत ओमनाथ भट्टराईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्को चुनाबि जोडघटाउ , रणनिति बदल्दै दलहरु !
चर्को चुनाबि जोडघटाउ , रणनिति बदल्दै दलहरु !
डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !
डा केसीसँग वार्ताका लागि विज्ञ र सम्बन्धित पक्षसँग परामर्श !
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
ओली र दाहाललाई चूनौति बनेकी शिवमाया
ओली र दाहाललाई चूनौति बनेकी शिवमाया
छिमेकी जिल्ला समेटेर एकीकृत विकास :  अध्यक्ष दाहाल
छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष दाहाल
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
के भन्छन् जुम्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवार ?
एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य, मलेसियामा पाण्डे
एक वर्षपछि राजदूत सिफारिस, भारतमा आचार्य, मलेसियामा पाण्डे
१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

तपाईंले छुटाउनुभयो कि?