इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ १६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक

सारांश

  • सामाजिक सञ्जाल फेसबुकले इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरमा रहेको म्यासेज सेवालाई एक गर्ने तयारी गरेको छ ।
  • एकबाट अर्कोमा सन्देश प्रवाह गर्न सजिलो होस् भन्ने उद्देश्यले अलग–अलग एपका रुपमा रहेका इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरलाई एकत्रित गर्न लागिएको हो ।
  • कम्पनीका संस्थापक मार्क जुकरबर्गको समेत रुची रहेको यो विषयबारे फेसबुकले बीबीसीलाई बताएको थियो ।

सामाजिक सञ्जाल फेसबुकले इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरमा रहेको म्यासेज सेवालाई एक गर्ने तयारी गरेको छ । एकबाट अर्कोमा सन्देश प्रवाह गर्न सजिलो होस् भन्ने उद्देश्यले अलग–अलग एपका रुपमा रहेका इन्सटाग्राम, व्हाट्सएप र म्यासेन्जरलाई एकत्रित गर्न लागिएको हो ।

कम्पनीका संस्थापक मार्क जुकरबर्गको समेत रुची रहेको यो विषयबारे फेसबुकले बीबीसीलाई बताएको थियो । न्यूयोर्क टाइम्सको खबर अनुसार तीन एपलाई जोड्ने कार्यको शुरुवात भइसकेको छ । यो वर्षको अन्त्यसम्म यसलाई पूरा गरिने तयारी गरिएको छ । ढिलोमा सन् २०२० सम्ममा यो लागू गरिने भनिएको छ ।
प्रयोगकर्ताहरुको उपयोगिता बढोस् र एपमा मानिसहरुले लामो समय बिताउँन् भन्ने आशामा जुकरवर्गले यो योजना अघि बढाएका हुन् । टेक वेबसाइट द वर्जकी मेकना केलीका अनुसार अलग–अलग प्ल्याटफर्ममा रहेका सबै प्रयोगकर्तालाई साथमा ल्याउँदा कम्पनीको प्रयोगकर्ताको आंकडा बढ्नेछ भने गूगल र एप्पलको म्यासेज सेवासँग लड्न उसलाई मद्दत मिल्नेछ ।

(https://www.sliderrevolution.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?