‘मारुनी’को ट्रेलरमा पुष्पप्रति साम्राज्ञीको एकोहोरो प्रेम
सारांश
- काठमाडौं।
- नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ।
- सोमबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन्।
काठमाडौं। नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ।सोमबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रमा मुख्य कलाकार अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी आरएल शाह र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन्।यी तीनको प्रेम, रोमान्स र बदलाको कथालाई ट्रेलरमा उतारिएको छ। ट्रेलरमा साम्राज्ञीलाई पागल प्रेमीको भूमिकामा देख्न सकिन्छ। उनि पुष्पलाई पाउन जे पनि गर्न तयार देखिन्छिन्। यता, पुष्प भने रेविकाको प्रेममा परेको ट्रेलरमा देख्न सकिन्छ।

चलचित्रले त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने ट्रेलरबाट आँकलन गर्न सकिन्छ। साहिल खानले ट्रेलर तयार पारेका हुन्। ट्रेलरले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ।पूनमईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन्।आउँदो भदौं १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा पुष्प, साम्राज्ञी र रेविकाका अलावा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेडाइँ, विनोद भट्टराई, सुशील क्षेत्री लगायतको पनि अभिनय छ।
चलचित्रमा निर्देशक नवल र गोविन्द फूयाँलको लेखन छ। दीपक बज्राचार्य, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको चलचित्रका गीतमा प्रविन सिंह, बिक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ। संजय लामाको छायांकन रहेको चलचित्रमा सम्पादनको जिम्मा मित्र डि। गुरुङले लिएका छन्।
प्रतिक्रिया