उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
उच्च शिक्षा पढ्न विदेशिने क्रम रोक्न आग्रह

सारांश

  • काठमाडौँ ।
  • स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् ।
  • ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरूपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन् ।

काठमाडौँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् ।

‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरूपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्वीकारे ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले विश्वविद्यालयका राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई तोड्न कोसिस भइरहेको बताए ।

हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्तालमुक्त बनाउन आग्रह गर्दै उच्च शिक्षाका नाममा लाखौँ रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेज गम्भीर हुनुपर्ने बताए ।

शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९/०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो नौ महिनाको अवधिमा रु ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु ४३ अर्ब ६७ करोड बाहिरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
एनसेलद्वारा चार किस्तामा लाभकर तिर्ने व्यवस्था मिलाइ दिन पत्राचार
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी
Ek Prem Katha, here’s how he looks now
Ek Prem Katha, here’s how he looks now
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै, देउवा र ओलीअघि प्रचण्डसँग भेट गर्ने
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
ताप्लेजुङको पछिल्लो मत परिणाम, योगेश भट्टराईको अवस्था !
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सुनसरीका संवेदनशील क्षेत्रमा कर्फ्यू र निषेधाज्ञा कायमै: अफवाहको पछि नलाग्न र सद्भाव राख्न प्रशासनको अपिल
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन : नेता कोइराला
दलित जनप्रतिनिधिको गुनासो स् हामीमाथि नै विभेद भयो
दलित जनप्रतिनिधिको गुनासो स् हामीमाथि नै विभेद भयो
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल
गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता, सुकुम्बासी समस्या समाधान गर्ने विषयमा छलफल

तपाईंले छुटाउनुभयो कि?