‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २७, २०८०
|
|
५० पटक हेरिएको
Shares
‘भ्रष्टारीलाई जोगाउन दौडधुप नगरौँ’

सारांश

  • काठमाडौं ।
  • सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेकबा छन् ।
  • सङ्घीय संसद्, प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।

काठमाडौं । सांसदहरुले भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतालाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग गरेकबा छन् ।

सङ्घीय संसद्, प्रतिनिधिको आजको बैठकको शून्य समयमा सांसद विमला सुवेदीले भनिन्, “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने नारा सस्तो लोकप्रियताका लागि र जनताको आँखामा छारो हाल्नका लागि मात्रै होइन, कडाइपूर्वक कार्यान्वयन गर्न हो, भ्रष्टाचारीलाई जोगाउन दौडधुप नगरौँ ।”

सांसद बुद्धिमान तामाङले धादिङ जिल्लाभित्र रहेका विभिन्न सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भगवती चौधरीले सुनसरी जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा घर जलेर नष्ट भएको अवस्थामा सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्नुपर्ने माग गरे ।

सांसद भीमप्रसाद आचार्यले सुनसरी जिल्लामा भन्सार कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । सांसद मनबहादुर गुरुङले पोखरामा रहेका तालहरुको विकास र संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद महेन्द्रबहादुर शाहीले कालीकोट जिल्लामा कर कार्यालय स्थापना हुनुपर्छ भने ।

सांसदहरु महेशकुमार बर्तौला, माधवप्रसाद सापकोटा, मानवीर राई, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, रेखा यादव, रोशन कार्की, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, रघुजी पन्त, मैना कार्की, मङ्गलप्रसाद गुप्ता, मञ्जुशर्मा अन्सारी, रणकुमारी बलमपाकी मगर, रणेन्द्र बराली, रामहरि खतिवडा, रुक्मणि राना बराइली, रुपासोनी चौधरी, रञ्जुकुमारी झा, रमा कोइराला पौडेल, राजु थापा, राजेन्द्रकुमार राई, राजेन्द्र बजगाईं, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामशङ्कर यादव र महेश बस्नेतलगायतले भ्रष्टाचार, महँगी, सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बिहान ११ बजे बस्ने भनिएको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । कार्यतालिकाअनुसार आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर र प्रस्तावबाहेक) माथि छलफल हुने र अर्थमन्त्री डा प्रकाशशरण महतले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण ​विवादमा मुछिए मुख्यसचिव
यसकारण ​विवादमा मुछिए मुख्यसचिव
फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन
फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत
भंगेरा चरो किन यति धेरै कामुक बनेको होला ?
भंगेरा चरो किन यति धेरै कामुक बनेको होला ?
चुनावको अघि पुल बनाउ नापजाँच
चुनावको अघि पुल बनाउ नापजाँच
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
चुनावी सुरक्षाबारे छलफल गर्न निर्वाचन आयोगले सुरक्षा प्रमुखलाई बोलायो
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन सुरु !
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
मध्यरातमा निगमले फेरि बढायो इन्धनमा मूल्य, हेर्नुहोस् नयाँ मूल्यसूची
महेश बस्नेतका विकासे एजेण्डाहरुका  अगाडी टिक्ला त  “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका अगाडी टिक्ला त “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?

तपाईंले छुटाउनुभयो कि?