५ फिट ८ इन्चका शाहरुख यसरीभए फिल्म ‘जीरो’ मा साँढे दुई फिटका

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
५ फिट ८ इन्चका शाहरुख यसरीभए फिल्म ‘जीरो’ मा साँढे दुई फिटका

सारांश

  • एजेन्सी।
  • शाहरुख खानको नयाँ फिल्म ‘जीरो’ ट्रेलर केही दिन अगाडि सार्वजनिक भएको छ।
  • फिल्ममा शाहरुख खानले होचा पुड्काको भूमिका निर्वाह गरेका छन्।

एजेन्सी। शाहरुख खानको नयाँ फिल्म ‘जीरो’ ट्रेलर केही दिन अगाडि सार्वजनिक भएको छ। फिल्ममा शाहरुख खानले होचा पुड्काको भूमिका निर्वाह गरेका छन्। ट्रेलर सार्वजनिक भएपछि धेरैले शाहरुखको तारिफ गरेका छन्। शाहरुखले निर्वाह गरेको होचो पुड्काको भूमिकालाई लिएर विभिन्न अभिव्यक्ति सार्वजनिक भएका छन्।

कसैले मेकअप गरेर शाहरुख खानको ठाउँमा अन्य कसैलाई अभियन गर्न लगाएको बताएका छन् भने कसैले शाहरुख खान जस्तो पनि अभिनय गर्न सक्ने भन्दै उक्त भूमिका पनि उनैले निर्वाह गरेको बताएका छन्। त्यसो त ५ फिट ८ इन्च अग्ला भएका शाहरुख खानलाई अढाइ फिटको बन्नु त्यति सजिलो भने पक्कै पनि भएन होला। शाहरुख खानलाई होचो देखाउन विशेष प्रकारको प्रविधिको प्रयोग गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

फिल्ममा पछिल्लो समय फोस्र्ड परस्पेक्टिभको प्रविधिको प्रयोग गरिन्छ। यो प्रविधिले अग्लो मानिसलाई होचो बनाउने बाहेक अनौठो एंगल पनि दिन्छ। अर्थात यसले क्यामराको एंगल परिवर्तन गरेर अग्लो वस्तुलाई होचो देखाउन सक्छ। सूर्य र चन्द्रमालाई हातमा लिनु, ताजमहललाई औंलाले समाउनु, पहाडलाई हातले उठाउनु यसै फोस्र्ड पर्सपेक्टिभ प्रविधिको नै कमाल हो। शाहरुख खानको फिल्म जीरोमा उनलाई होचो देखाउन दुई प्रकारका सेट बनाइएको थियो। एउटा सेटमा शाहरुखलाई होचो देखाउन र अर्कोमा अन्य मानिसलाई ठूलो देखाउन प्रयोग गरिएको थियो। दुवै क्यामराबाट शुट गरिएको सीनलाई विशेष क्यामरामा लिंक गरिएको थियो। र, पछि त्यसलाई ओभरल्याप गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने
दिवंगद अधिकारीको अन्तेष्टि राजकीय समान्नकासाथ गरिने
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
लाईन काटिएका उद्योगहरुमा तत्काल विद्युत जोड्ने बोर्ड बैठकको निर्णय
लाईन काटिएका उद्योगहरुमा तत्काल विद्युत जोड्ने बोर्ड बैठकको निर्णय
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
नेइमार बार्सिलोना जान्छन् कि रियल मड्रिड ? मेस्सी बन्नेछन् निर्णायक
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

तपाईंले छुटाउनुभयो कि?