‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष २२, २०७४
|
|
८५ पटक हेरिएको
Shares
‘लाल पुर्जा’को दोस्रो ट्रेलर रिलिज (भिडियो)

सारांश

  • काठमाडौं,पुस २२ ।
  • मितेरी गाउँको कथा बोल्ने फिल्म ‘लालपुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।
  • फिल्मको यो दोस्रो अफिसियल ट्रेलर रिलज भएको हो ।

काठमाडौं,पुस २२ । मितेरी गाउँको कथा बोल्ने फिल्म ‘लालपुर्जा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्मको यो दोस्रो अफिसियल ट्रेलर रिलज भएको हो ।

फिल्मको निर्माण पक्षले यो भन्दा पहिल्यै औपचारिक कार्यक्रमको आयोजना गर्दै पहिलो ट्रेलर रिलिज गरेको थियो । फिल्मको पहिलो ट्रेलरले दर्शकहरुको मन जित्न सफल हुँदै गर्दा दोस्रो ट्रेलर पनि रिलिज गरिएको हो ।

कमेडी जन्र्मा निर्माण गरिएको ‘लाल पुर्जा’ फिल्ममा दाजु(भाइ बिचको झगडा र मितेरी गाँउको कथा बोल्ने निर्माण पक्षले जानकारी गराएको छ ।

फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । नेगेटिभ बुद्धको प्रस्तुति रहेको यो फिल्ममा सौगात र विपिनको साथमा कामेश्वर चौरासिया, मेनुका प्रधान, मिरुना मगर, कुमार नगरकोटी, कमलमणि नेपाल, हरिहर शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

आउँदो माघ ४ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको यो फिल्मलाई विक्रम सिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=8TdMZkoqHjk

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?