अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १८, २०७४
|
|
६२ पटक हेरिएको
Shares
अपराधको नयाँ रुप : नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

सारांश

  • काठमाण्डौ ।
  • उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् ।
  • उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

काठमाण्डौ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै होइन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन व्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन व्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा नेपाल प्रहरीको खोजीमा कैयन परेका छन् ।

एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेका बेला यस्तो सन्देशले सनसनी मच्चिएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहित रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
नास्टका वैज्ञानिकले गरे सिसडोलको अध्ययन, फोहोरको लिच्चडले पानी पनि प्रदूषित भएको पुष्टि
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष
अफ्नै घरबाट सरकारी सेवा दिने यी वडा अध्यक्ष
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
भ्रष्टाचारप्रति कठोर हुने मुख्यमन्त्री पौडेलको संकेत
जेठ १ गते कुन राशीलाई कस्तो छ ? थाहा पाउनुस्
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
मालपोत कर्मचारीको मिलेमतोमा ८ कठ्ठा जग्गा बिक्रि, बिक्रि गर्ने बाबुछोरा पक्राउ‘‘
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
तिहारको पूर्वसन्ध्यामा इन्दिरा भट्टराईको महालक्ष्मी भजन, मन्त्रमुग्ध पार्ने यस्तो छ भिडियो
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण
राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त
राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल

तपाईंले छुटाउनुभयो कि?