मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २४, २०७९
|
|
५८ पटक हेरिएको
Shares
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै

सारांश

  • काठमाडौं,  ।
  • कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ ।
  • प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

काठमाडौं,  । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस ग्राण्ड नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले यही भाद्र २५ गते होटेल शंकर, लाजिम्पाटमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजकले जनाएको छ ।

विजेताले मिस ग्राण्ड नेपाल २०२२ को ताज सहित इन्डोनेसियाको बाली र जाकार्तामा हुने अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी बन्न पाउनेछन् । साथै विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका÷म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । प्रतियोगिता विजेताले ६ लाख रुपैयाँको उपहार पनि पाउने आयोजक कमिटीले जनाएको छ ।

प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् ।

मिस ग्राण्ड नेपाल २०२२ का निर्णायक मण्डलको रुपमा अभिनेता अनुपविक्रम शाही, ¥यापर आशिष राना (लाहुरे), अभिनेत्री आँचल शर्मा, समाजसेवी छिरिङ्ग वाङ्डी, सौन्दर्य प्रतियोगिता संघ नेपालका महासचिव निशु झा, मिस ग्राण्ड नेपालका नेसनल डाइरेक्टर सुरेश तामाङ रहने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिइएको जनाएको छ । प्रतियोगिता ३६५ इभेन्ट्स एण्ड मिडियाले व्यवस्थापन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
नक्कली कागजात पेस गरेर भुक्तानी सेवाप्रदायक संस्थाबाट रकमान्तर
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
फुटपाथ खाली गर्न जारी गरिएको सुचनाको म्याद आज सकिदै,अटेर गरे सामाग्रीहरु जफत गरिने
तोलामा १२ सयले घट्यो सुनको भाउ
तोलामा १२ सयले घट्यो सुनको भाउ
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
गोप्य विवाह गरेका जस्टिन बिबरले गरे पुर्नविवाह
संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी
संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री
चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?