कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक १२, २०७९
|
|
३९ पटक हेरिएको
Shares
कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु, तीन घाइते

सारांश

  • काठमाडौ  ।
  • कालीकोटमा भएको बम विष्फोटमा दुईजनाको मृत्यु भएको छ ।
  • जिल्लाको तिलागुफा नगरपालिका–१०, रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको हो ।

काठमाडौ  । कालीकोटमा भएको बम विष्फोटमा दुईजनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगरपालिका–१०, रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको हो । तीनजना घाइते भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

बम विस्फोट हुँदा स्थानीय चार वर्षीया बालिका झरना थापा र सरस्वती रानाको मृत्यु भएको हो । थापाको घटनास्थलमै र चार वर्षीया सरस्वतीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको हो । सरस्वतीको पेटमा र झरनाको छातीमा गहिरो चोट लागेको थियो ।
विष्फोटमा घाइते हुनेमा तिलागुफा नगरपालिका–१०, रानावाडका सात वर्षका कमल थापा, पाँच वर्षीया मुस्कान थापा र तीन वर्षीया दर्शना राना छन् । उपचारका लागि उनीहरूलाई हेलिकोप्टरबाट सुर्खेत पठाइएको छ ।

“कमलको दाहिने हात र दुवै खुट्टा भाँचिएको छ । मुस्कानको दाहिने खुट्टामा गहिरो चोट लागेको छ । दर्शनाको पेटमा प्वाल पर्नुका साथै दुवै खुट्टामा चोट लागेको छ,” प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
उनका अनुसार घटनास्थलमा दुईवटा फलामका टुक्रा भेटिएका छन् । सकेट बम भएको आशंका गरिएको उनले जानकारी दिए । “बम कसले राखेको हो या पुरानो हो भन्ने यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ,” शर्माले भने, “थप अनुसन्धानका लागि हामीले आर्मीको टोली पनि पठाएका छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने
गण्डकी विकास बैंकका ग्राहकहरुले नेपाल मेडिसिटी हस्पिटलबाट छुट पाउने
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
पर्सा : छिपहरमाई गाउँपालिकामा माओवादी विजयी
महिला भलिबल : नेपाल भारतसँग पराजित
महिला भलिबल : नेपाल भारतसँग पराजित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु, १०० भन्दा बढी संक्रमित
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी
पोखरा लेखनाथ महानगरमा वडा नम्बर २ मा काग्रेस अगाडी
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारीसहित, सचिव, सहसचिव मुछिए (नामसहित)
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ :  प्रधानमन्त्री
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री
राष्ट्रपतिबाट भाइटीका प्रदान
राष्ट्रपतिबाट भाइटीका प्रदान
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,