कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १४, २०७९
|
|
५० पटक हेरिएको
Shares
कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

सारांश

  • भैरहवा।
  •  भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ।
  • रुपन्देहीको ओमसतिया-४ पननीमा साेमबार बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

भैरहवा। भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीनजनाको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया-४ पननीमा साेमबार बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट गएको गाडीले ठक्कर दिएको थियो। ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ पर्न सकेका छैनन्। मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा ओमसतिया-४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु छन्। त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन्। घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए
सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’
‘नीति तथा कार्यक्रममा पुराना योजनालाई नयाँ भनेर प्रचार गरियो’
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा
आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
नीजि क्षेत्रले प्रधानमन्त्रीलाई भने ‘दोहोरो करले आतंकित बनायो, तत्काल हटाइयोस्’
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै

तपाईंले छुटाउनुभयो कि?