सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १७, २०७७
|
|
३३ पटक हेरिएको
Shares
सेनाको हवाई कारबाहीका कैयौँ लडाकू मारिए

सारांश

  • नाइजेरियामा त्यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ ।
  • सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ ।
  • नाइजेरियाको उत्तरी बोर्नाे राज्यमा भएको त्यहाँको सेनाको कारबाहीमा परी बोको हराम लडाकू मारिएका हुन् ।

नाइजेरियामा त्यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ । सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नाे राज्यमा भएको त्यहाँको सेनाको कारबाहीमा परी बोको हराम लडाकू मारिएका हुन् ।

बुधबार ताम्बुनगिनी भन्ने स्थानमा त्यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।

सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

बोको हरामहरुले त्यहाँको उत्तरी बोर्नाे राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन ।-सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?