कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ९, २०७७
|
|
३५ पटक हेरिएको
Shares
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो

सारांश

  • कोरोना संक्रमण भएका बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई हेलिकप्टरमार्फत उपचारका लागी काठमाडौँ ल्याइएको छ ।
  • संक्रमण भएपछि मन्त्री लामा हेटौडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वाटरमा आइसोलेसनमा बसिरहेका थिए ।
  • उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागी काठमाडौँ ल्याएको हो ।

कोरोना संक्रमण भएका बागमती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई हेलिकप्टरमार्फत उपचारका लागी काठमाडौँ ल्याइएको छ । संक्रमण भएपछि मन्त्री लामा हेटौडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वाटरमा आइसोलेसनमा बसिरहेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागी काठमाडौँ ल्याएको हो । मन्त्री लामामा खोकी धेरै देखिएको सचिवालयले जनाएको छ । प्रदेश राजधानी हेटौडाका चिकित्सकहरुले थप उपचारका लागी काठमाडाँै जान सल्लाह दिएको मन्त्रीका स्वकिय सचिव सुरज थपलियाले बताए । उनलाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौँ ल्याइएको हो ।

आइसोलेसनमा बसेको समय मन्त्रीलाई निरन्तर खोकी लागिरहेको थियो । शरिरमा पर्याप्त अक्सिजन नभएका कारण पनि चिकित्सकले उपचारका लागी काठमाडौँ लैजान सुझाव दिएको स्वकिय सचिव थपलियाले बताए । मन्त्री लामालाई मंसिर ५ गते गरिएको स्वाव परीक्षणमा कोरोनो पोजिटिभ देखिएको थियो । स्वास्थमा समस्या देखिएकै कारण मन्त्री लामा मंसिर ३ गते ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय कौसी क्वीन प्रतियोगितामा सहभागि हुन सकेका थिएनन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?