भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
६१ पटक हेरिएको
Shares
भोलिदेखि काठमाडौंमा नेपाल–भारत फ्रान्चाईज ईन्भेष्टमेन्ट कन्क्लेभ, प्रधानमन्त्रीले उद्धघाट्न गर्ने

सारांश

  • काठमाडौं, ३१ बैशाख ।
  • नेपाल उद्योग वाणिज्य महासंघद्धारा नेपालस्थित् भारतीय दुतावास र फ्रन्चाईज ईण्डियाको सहकार्यमा भोलिदेखि काठमाडौंमा नेपाल–ईण्डिया फ्रान्चाईज ईन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभको आयोजना हुने भएको छ ।
  • उक्त सम्मेलनको जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाट्न गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

काठमाडौं, ३१ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघद्धारा नेपालस्थित् भारतीय दुतावास र फ्रन्चाईज ईण्डियाको सहकार्यमा भोलिदेखि काठमाडौंमा नेपाल–ईण्डिया फ्रान्चाईज ईन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभको आयोजना हुने भएको छ ।उक्त सम्मेलनको जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाट्न गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । सम्मेलन विशेषगरि नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रर्वद्धनमार्फत विभिन्न ब्राण्डहरुमा लगानी गर्ने अवसरहरु सिर्जना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिईन् ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्राण्डहरुले एक्सपोमा आफ्नो ब्राण्डहरुको प्रर्दशन गर्नेछन् ।एक्सपोले व्यवसायमा सीधा र अप्रत्यक्ष रुपमा संलग्न भएका व्यक्तिहरुलाई सहभागी हुनसमेत आकर्षित गर्नेपनि आयोजकको विश्वास छ । एक्सपोमा रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र विभेरेज, रियल स्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरु रहने छन् ।

कार्यक्रमको पहिलो दिनको व्यवसायिक शत्रहरुलाई महासंघका उपाध्यक्ष एवम् उद्यमी उमेशलाल श्रेष्ठ, क्लब हिमालयका अध्यक्ष एवं पर्यटन व्यवसायी योगेन्द्र शाक्य, सप्लाई चेन म्यानेजमेन्टका कार्यकारी निर्देशक कल्याण गुरुङ, टोटलका सिईओ शिक्षित भट्ट, बबरमहल रिभिजेटेडका अध्यक्ष विराट शम्शेर जवराले नेपालको तर्फबाट अनुभव प्रदान गर्नेपनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा
निल्नु न ओकल्नु चिनियाँ जहाजः एक वर्षमा ६० करोड ६१ लाख घाटा
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
रत्ननगर नगरपालिका, चितवनको ताजा मत परिणाम
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
कछुवा गतिको मेलम्ची आयोजना : असोजमा पनि पानी नआउने भयो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा?
किन आउँदै छन् चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा?
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
गोर्खा राईफल्सका एक्स–सर्विसमेन हवल्दार गुरुङ्गको ‘जुनी’ सार्वजनिक (भिडियोसहित)
एकीकृत नमूना मुसहर बस्तीमा सामूहिक टीका
एकीकृत नमूना मुसहर बस्तीमा सामूहिक टीका

तपाईंले छुटाउनुभयो कि?