आजको राशिफल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर २७, २०७९
|
|
५४ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भएपनि आर्थिक व्यय हुने देखिन्छ । आजको दिन बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र ब्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा फाइदा हुन्छ । आवश्यक भन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्नुहोला । आज विहान सूर्योदयको दर्शन गर्नहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईका लागि आजको दिन अनुकल देखिदैन । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्द प्रयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ । आजको दिन गणेश मन्दिरको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्यदर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेको मित्रबाट सहयोग मिल्नेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

समय अनुकुल देखिएको छ । स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुने योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । गशेश मन्दिर यात्राले उर्जा थपिने छ । आजको दिन आफनो नियमित काम गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ । मंगलबार घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा घरका सदस्य दिनुभयो भने सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ। सिर्जनात्मक कार्यमा समय दिनुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
अर्घाखाँची सिमेन्टलाई ४३ ग्रेडको इजाजत प्राप्त, आइपिओ पनि जारी गर्दै
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गादान
बुटवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा चुनाैति बढ्याे !
बुटवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा चुनाैति बढ्याे !
गोरखानाथ मन्दिरमा रोट महोत्सव
गोरखानाथ मन्दिरमा रोट महोत्सव
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
बाढी पहिरोमा परी तीन जिल्लामा ११ जना बेपत्ता
बाढी पहिरोमा परी तीन जिल्लामा ११ जना बेपत्ता

तपाईंले छुटाउनुभयो कि?