सम्झौता गरी काममा लगाउनुपर्ने फैसला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
५० पटक हेरिएको
Shares
सम्झौता गरी काममा लगाउनुपर्ने फैसला

सारांश

  • काठमाडौँ ।
  • श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ ।
  • श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सेवा–सुविधा दिएर काममा लगाउनुपर्ने फैसला गरेको हो ।

काठमाडौँ । श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सेवा–सुविधा दिएर काममा लगाउनुपर्ने फैसला गरेको हो ।

फैसलामा भनिएको छ, “श्रम ऐेन २०७४ लागू भएपछि उक्त ऐनको दफा १७८९२० बमोजिम तीन महिनाभित्र त्यस प्रकारका श्रमिकको रोजगार सम्झौता गरी काममा लगाउनुपर्नेमा नगरेको, पहिलेको कानुनबमोजिम स्थायी पनि नगरेको आधारमा उक्त ऐनको दफा १० बमोजिम नियमित श्रमिकले पाउने सेवासुविधा पाउनुपर्छ ।”

टेलिकममा १५–१६ वर्षदेखि गार्डेन, चौकीदार, भान्साको काम गर्ने श्रेणीविहीन कर्मचारी ठूलो सङ्ख्या भए पनि २१ जनाले नियुक्तिपत्र नदिइकन, सेवा, शर्त पनि नतोकिकन लामो समय न्यूनतम सेवा, सुविधा र तलबसमेत नदिएको उल्लेख गर्दै श्रम कार्यालयमा उजुरी गरेका थिए । श्रम कार्यालयले कानुनबमोजिम सुविधा दिनुपर्ने ठहर गरेको थियो । श्रम कार्यालयकै निर्णयलाई श्रम अदालतले सदर गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
स्पेनीस ला लिगामा भालेकानोसँग मड्रिड पराजित
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
धनकुटामा राजेन्द्र राईलाई पछ्याउँदै सुनील थापा
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
मन्त्री देबेन्द्र दाहालको आतिथ्यमा अटोमोटिभ व्यवसाय सुधारको लागी NABA को पहिलो साधारण सभा भोलि सम्पन्न हुँदै ।
नेपाल प्रहरी श्रीमती संघद्धारा पूर्व अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बिदाइ
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
चार दिनदेखि बेपत्ता समीक्षा अझै भेटिईनन्
चार दिनदेखि बेपत्ता समीक्षा अझै भेटिईनन्
Steps to make a Guy Locate a Female in another way
नयाँ बसपार्कमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ
नयाँ बसपार्कमा मोबाइल पसल लुटपाट गर्ने ४ जना पक्राउ
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर
चीनको मङ्गल मिसनले पठायो पृथ्वी र चन्द्रमाबीचको यो तस्बिर

तपाईंले छुटाउनुभयो कि?