सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
५२ पटक हेरिएको
Shares
सचिव सहसचिव हुँदा पनि खरिदार सुब्बाकै हैसियतमा ?

सारांश

  • काठमाडौं ।
  • सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ ।
  • सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुुरुको सेवा अवधिमा रहेका खरिदार, सुब्बालगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

काठमाडौं । सरकारको नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने सचिव सहसचिवले नै आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने कार्यमा बेवास्ता गरेको पाइएको छ ।

सचिव सहसिचव भइसक्दासमेत उनीहरूको सुुरुको सेवा अवधिमा रहेका खरिदार, सुब्बालगायतको पदकै विवरण रहेको पाइएपछि राष्ट्रिय किताबखानाले सरकारका सचिव सहसचिवलाई आफ्नो पछिल्लो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ ।

किताबखानाले सरकारका सचिव र सहसचिवसरहका कर्मचारीका लागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जनाएको छ । कर्मचारीको सरुवा वढुवा र पदस्थापन विज्ञताका अधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।

कतिपय कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरणसमेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । सो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि भएको महानिर्देशक पाण्डेले बताए । निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ ।

किताबखानाका अनुसार सचिव र सहसिचवको पदमा पुगेका कर्मचारी पनि सुरुमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेसरहको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको छ । विवरण अद्यावधिक गर्न किताबखानाको वेभसाइडमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यवधिक गर्न सकिने किताबखानाले जनाएको छ । हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिवसरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारी कार्यरत रहेका छन् ।

संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका अधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अधावधिक गर्न खोज्नुलाई सुधारका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी !
ठमेलमा ‘साइकल लेन’ निर्माण गर्ने तयारी !
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
विल गेट्सद्वारा तान्जानियालाई सहयोग गर्ने
विल गेट्सद्वारा तान्जानियालाई सहयोग गर्ने
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता
किन आइन वलिउड हिरोईन नेहा धुपिया काठमाडौं ???
किन आइन वलिउड हिरोईन नेहा धुपिया काठमाडौं ???
पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन
पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ

तपाईंले छुटाउनुभयो कि?