प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
  • कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकले विश्वासको मतका लागि आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिने उनले बताए । प्रतिनिधिसभाको यही चैत ६ गते बस्ने बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका छन् ।

बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै प्रतिनिधिसभाको आज बस्ने बैठकदेखि नै सत्ता पक्षको लाइनमा बस्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित हुनुभएकामा उनीहरु दुवैलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरेको छ । बैठकले क्रिकेटको विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै आगामी दिनको सफलताका लागि कामना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीबाटै महिला असुरक्षित भन्दै ओखलढुंगामा चौकी घेराउ
प्रहरीबाटै महिला असुरक्षित भन्दै ओखलढुंगामा चौकी घेराउ
सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका
सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
नर्भिकमा मुटु दिवसको तयारी, आज विहानै प्रभातफेरि
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
उठन आनाकानी गर्दैगर्दा चीनका पूर्व राष्ट्रपति हु जिन्ताओलाई पार्टी कंग्रेसबाट बाहिर निकालियो
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
ट्रम्प विरुद्ध ४ महिला सांसदले गरे यस्तो टिप्पणी
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी
कस्मिरमा कफ्र्यु, काठमाडौँमा छटपटी
फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो
फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका खाणलाई ३० लाख धरौटीमा छोड्न उच्च अदालतको आदेश
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?