डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १३, २०७९
|
|
४८ पटक हेरिएको
Shares
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता

सारांश

  • काठमाडौं ।
  • कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।
  • एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको छ ।

काठमाडौं । कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा दुई डमरुसहित पाटे बाघ देखिन थालेपछि सो क्षेत्रमा मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन् ।

एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयवासीले डमरुसहित पाटे बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको छ । ‘यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन’, कुण्डा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिनेशकुमार यादवले भने, ‘एक साता यता बाघ देखिन थालेपछि सो क्षेत्रका सामुदायिक वनका उपभोक्तालाई कर्मचारी खटाएर सचेत रहन भनिरहेका छौँं ।’ मोहना–लालझाडी करिडोर भारतको दूधुवा नेशनल पार्क र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसितसमेत जोडिएको छ ।

‘पुनर्वास नगरपालिका– १० र ११ बाट भारतको दूधुवासित जोडिएको छ भने बेलौरी नगरपालिकाको रामपुर गाउँहुदै करिडोर शुक्लाफाँटासित जोडिएको छ ।’ सहायक वन अधिकृत यादवले भने, ‘करिडोरमा पनि संरक्षण र वासस्थानको अवस्था राम्रो भएकाले पछिल्लो समय बाघ लगायतका वन्यजन्तु बढिरहेका छन् ।’ दुई दिनअघि पुनर्वास नगरपालिका–१० का ३२ वर्षीय कलसा सार्कीको दूधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट निधन भएपछि सो क्षेत्रमा भारतीय वन तथा सुरक्षाकर्मीले पनि सक्रियता बढाएका छन् ।

‘मानिस आक्रमण गर्ने बाघ नै यहाँ दिनहुँ देखिन थालेको हो की भन्ने आशङ्का छ’, यादवले भने, ‘सोही अनुसार भारतीय वनकर्मीसित पनि समन्वय गरिरहेका छौँ ।’ उनले शुक्लाफाँटा र दूधुवा नेशनल पार्कमा बाघको सङ्ख्या बढेकाले करिडोरमा पसेको हुनसक्ने बताए। उनले करिडोर वरपर सचेतना अपनाउन सामाजिक सञ्जालको उपयोग गरिएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धादिङमा कांग्रेस-एमाले झडप, एमालेका तीन कार्यकर्ता गम्भीर घाइते !
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
बन्द भएको १५ वर्षपछि सञ्चालनमा राजबिराज विमानस्थल
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने
रोनाल्डो सहित फिफा उत्कृष्ट खेलाडीका लागि तीनजनाको नाम मनोनयन
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
यी हुन १० जना राष्ट्रिय युवा प्रतिभा पुरस्कारमा छानिएकाहरु…
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
समानुपातिकमा कुन प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?
समानुपातिकमा कुन प्रदेशमा कुन पार्टीको अवस्था कस्तो ?
एकसाथ सातवटा खानेपानी योजना निर्माण शुरु
एकसाथ सातवटा खानेपानी योजना निर्माण शुरु
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग

तपाईंले छुटाउनुभयो कि?