बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी

सारांश

  • काठमाडौं ।
  •  विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ।
  • डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो।

काठमाडौं । विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ। डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो। श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

आफ्नो ब्याचमा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ बिरामी भएकै कारण बढुवामा छुटेका थिए। गत ३१ असारमा बढुवा समितिले १५ जना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गर्दा उनको नाम छुटाएको थियो। बिरामी भएकै कारण बढुवाबाट वञ्चित गरिएको भन्दै विरोध भएको थियो।

१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए। मुटुका धड्कन बन्द हुँदा त्यसको असर उनको मस्तिष्कमा परेको छ। उनको अहिले पनि उपचार भइरहेको छ।

मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन्। शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन्। प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा पाइप जोडेर खुवाउने गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
चोर पति छुटाउन जाँदा पत्नी नै पक्राउ, चोरेर काठमाडौंमा घर-गाडी
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती
अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
सागमा नेपाली खेलाडीको सफलताले पूर्वराजा पनि दंग
एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई
प्रम ओलीको निर्देशनमा काठमाडौँ उपत्यका भित्रिने सबै नाकामा कडाई

तपाईंले छुटाउनुभयो कि?