पहिरोमा परी एकै परिवारका ४ जना बेपत्ता

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २३, २०७४
|
|
७१ पटक हेरिएको
Shares
पहिरोमा परी एकै परिवारका ४ जना बेपत्ता

सारांश

  • रसुवा ।
  • अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ ।
  • गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।

रसुवा । अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ ।

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वर्षीय धर्मबहादुर थापामगर, उनको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन् ।
माथिबाट निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ ।

पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ । चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन ।

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन ।

(https://woodlees.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
पूर्वबाल सैनिक विष्टलाई अनुमती नलिएको भन्दै विदेश जान रोकियो
तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा मंगलबारदेखि लागू हुने
प्रदेश नं ३ : मुख्य शहरमा पेट्रोल गाडी बन्द !
प्रदेश नं ३ : मुख्य शहरमा पेट्रोल गाडी बन्द !

तपाईंले छुटाउनुभयो कि?