उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १९, २०७९
|
|
६५ पटक हेरिएको
Shares
उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ ।
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठकले २०७९ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनपूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।

यसैगरी बैठकले कांग्रेस केन्द्रीय कार्यालय सञ्चालन निर्देशिका, २०७९ र कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावलीमा प्राप्त सुझावसमेतलाई समावेश गर्ने गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारमा मन्त्री पदको जिम्मेवारी प्राप्त गरेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र शहरी विकासमन्त्री सीता गुरुङलाई बधाई ज्ञापन गर्दै प्रभावकारी सफलताको कामना गरेको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकामा उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, सहमहामन्त्री महेन्द्र यादव, सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा र विशेष आमन्त्रित रमेश लेखकले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहिंग्या शरणार्थीले निम्त्याएको चूनौति
रोहिंग्या शरणार्थीले निम्त्याएको चूनौति
Minister Baskota sees need of controlling over-exploitation of natural resources
Minister Baskota sees need of controlling over-exploitation of natural resources
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
काँग्रेसमा राष्ट्रियसभा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
निजी आवास पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
‘कार्यालयमा मेरो होइन, आफ्ना छोराछोरीको तस्वीर राख्नुहोस्, निर्णयगर्दा उनीहरुको अनुहार सम्झिनुहोस,
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो

तपाईंले छुटाउनुभयो कि?