‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २७, २०७९
|
|
५४ पटक हेरिएको
Shares
‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

सारांश

  • ‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला काठमाडौँ ।
  • उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ ।
  • गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ ।

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला
काठमाडौँ । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । यो आदेशसँगै चलचित्रको प्रदर्शन गर्ने बाटो खुलेको छ ।

अदालतले दिएको आदेशमा चलचित्र निर्माण गर्न इजाजत प्राप्त कम्पनी सुलभ थापा प्रोडक्सन प्रालिले प्राप्त गरेको र निवेदकसँग कुनै सम्बन्ध नदेखिको हुँदा निर्माण भइसकेको चलचित्र प्रदर्शन रोक्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नदेखिएकाले जारी गरिएको अल्पकालीन आदेश जारी नहुने उल्लेख गरिएको छ । उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले चलचित्र प्रदर्शन हुने बाटो खुलेको जानकारी दिए ।

गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब दुई घण्टामा पिसिआरको नतिजा
अब दुई घण्टामा पिसिआरको नतिजा
कोपा अमेरिकाः कोलम्बियाको लगातार दोस्रो जित, पाहुना टोली कतार पराजित
कोपा अमेरिकाः कोलम्बियाको लगातार दोस्रो जित, पाहुना टोली कतार पराजित
असोज १४ गते मंगलबारको राशिफल यस्तो छ
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
भारतीय पूर्व विदेश सचिवको चेतावनीः सीमा विवादलाई राजनीतिकरण गरे नेपालका राजनीतिक दललाई खतरा
आर्थिक गणना वैशाख १ देखि शुरु हुने
आर्थिक गणना वैशाख १ देखि शुरु हुने
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार

तपाईंले छुटाउनुभयो कि?