मोरङबाट एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ
सारांश
- बिराटनगर १२,पुष ।
- जिल्ला प्रहरी कार्यालय मोरङले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
- जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका १७ जना फरार प्रतिवादीहरुलाई एकै दिन पक्राउ गरेको हो ।
बिराटनगर १२,पुष । जिल्ला प्रहरी कार्यालय मोरङले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका १७ जना फरार प्रतिवादीहरुलाई एकै दिन पक्राउ गरेको हो ।
पक्राउ प्रतिवादीहरु मा चोरी मुद्धाका ३ जना, सार्वजानिक अपराध मुद्धाका ८ जना, जारी मुद्धाका २ जना, सवारी ज्यान मुद्धाका २ जना र गाली बेईज्जत मुद्धाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया