तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
५२ पटक हेरिएको
Shares
तनहुँमा डेङ्गु सङ्क्रमित छ हजारभन्दा बढी पुगे

सारांश

  • दमौली।
  • तनहुँ जिल्लामा दैनिक डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ।
  • दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ सङ्क्रमित भएका छन्।

दमौली। तनहुँ जिल्लामा दैनिक डेङ्गु सङ्क्रमित थपिने क्रम बढेको छ। दुई महिनाको अवधिमा जिल्लामा छ हजार चार सय ८४ सङ्क्रमित भएका छन्।

स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा पाँच हजार चार सय १५, शुक्लागण्डकी नगरपालिकामा चार सय, ऋषिङ गाउँपालिकामा एक सय ८९, भिमाद नगरपालिकामा एक सय ८०, म्याग्दे गाउँपालिकामा एक सय तीन, भानु नगरपालिकामा ८३, बन्दीपुर गाउँपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा १४, घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन्।

सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन्। कुल सङ्क्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए। व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार तीन सय ८६ जना रहेका छन्। वडा नम्बर २ मा एक हजार तीन सय २८ जना सङ्क्रमित भएका छन्। हालसम्म यहाँ डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न परिपत्र गरिएको अधिकारीको भनाइ छ। अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ। स्थानीय अस्पतालको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीहरुलाई उपचार गर्ने र जटिलता उत्पन्न हुन सक्ने भएमा बहुविशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो। यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ। यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशीहरु बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हो।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाईबाट जोगिनुपर्दछ। पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सँधै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाईबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी
इम्बोस्ड नम्बर ठेक्का बारे छानबिन गर्न युवा संघको अख्तियारमा उजुरी
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
अवकाश नदिए कर्मचारीहरु अदालत जाने धम्की
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
अबदेखि श्रम स्वीकृति लिन काठमाडौं धाइरहनु नपर्ने
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
हामी प्रचण्ड र बाबुरामले जस्तो धोखा दिने र गद्धारी गर्दैनौं: सन्तोष बुढा
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
चिनियाँ राष्ट्रपतिको स्वागतको प्रतीक्षामा नेपाली र सिंगारिएको काठमाडौँ
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु,दुई बेपत्ता
हिमपहिरोमा एकै परिवारका चार सदस्यको मृत्यु,दुई बेपत्ता
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
विकाससँगै विनाश !
विकाससँगै विनाश !

तपाईंले छुटाउनुभयो कि?