टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २४, २०७६
|
|
५८ पटक हेरिएको
Shares
टर्कीद्वारा आक्रमण तेज, दशौँ हजारको भागाभाग

सारांश

  • बीबीसी।
  • टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ।
  • बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी गर्यो ।

बीबीसी। टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ। बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी गर्यो । कुर्दहरूका अनुसार ९ गैरसैनिक मारिएका छन्। टर्कीपट्टिको नगरमा कुर्दहरूले हमला गरेका छन्। एक शिशु सहित कम्तीमा ३ जनाको ज्यान गएको छ।

मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल(ऐन रहेका छन्। टर्कीको सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्। युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्। सहायता संस्थाहरूका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्छ। अन्तराष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्।

युकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि उस्तै सङ्ख्या बताएको छ। उद्धार समितिका मिस्टी बस्वेलले भनिन्, “यदि हमला जारी भए तीन लाख मानिस विस्थापित हुन सक्छन्।“ मर्सी कोरसहित अन्य १४ मानवीय सहायता संस्थाहरूले सो सङ्ख्या साढे चार लाख पुग्न सक्ने बताएका छन्।

रस अल-ऐनका एकजना बासिन्दा सेभिनाजले बिहीवार बिहान भने, “म मेरो बिरामी आमासँग नगरभन्दा बाहिर छु। मेरो भाइ नगरमै छ। कसैका लागि सुरक्षित ठाउँ छैन। मलाई डर छ मैले यो नगर अब अन्तिम पटक देख्दैछु।“ टर्कीलाई हमला रोक्न अन्तर्रा्ष्ट्रिय दबाब बढेको छ। टर्कीले कुर्दिश मिलिसियालाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र बनाउन चाहेको बताएको छ।

टर्कीले कुर्दिश मिलिसियाहरूलाई टर्की्विरोधी विद्रोह समर्थन गर्ने आतंकवादी मान्छ। सिरियन डेमोक्र्या्टिक फोर्स एसडिएफका ती कुर्दिश समूहले सिमानाका नगरमा नियन्त्रण गर्छन्। इस्लामिक स्टेट आइएसविरुद्धको लडाइँमा एसडिएफले अमेरिकाको साथ दिएको थियो। तर राष्ट्रपति ट्रम्पले सो क्षेत्रबाट अमेरिकी फौज फिर्ता लैजाने निर्णय गरेपश्चात् टर्कीले त्यहाँ आक्रमण गरेको छ।

एसडिएफले त्यसलाई धोका भनेको छ। अमेरिकामा ट्रम्पकै पार्टी रिपब्लिकनका नेताहरूले पनि राष्ट्रपतिको निर्णयले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको भनेर आलोचना गरेका छन्। कुर्दिश फौजले सो क्षेत्रमा हजारौँ आइएस लडाकूलाई बन्दी बनाएर राखेका थिए। युद्धमाझ ती बन्दीबारे अन्तर्रा्ष्ट्रिय समुदायले चासो प्रकट गरेका छन्।

वाशिङ्गटनमा राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् कि टर्कीका पछिल्ला कदमबाट उब्जिएका समस्या समाधान गर्न उनी या त सैन्य हस्तक्षेप गर्न वा आर्थिक प्रतिबन्ध लगाउन वा टर्की र कुर्दबीच मध्यस्थता गराउन सक्छन्। पछि पत्रकारहरूसँग बोल्दै उनले तेस्रो विकल्पचाहिँ आफ्नो रोजाइ रहेको बताए।

अमेरिकी सिनेटमा दुवै दल मिलेर टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउने कानुन बनाउँदैछन्। कानुन मस्यौदामा सामेल नेताहरूका अनुसार कुनै पनि आर्थिक प्रतिबन्धको निशानामा टर्कीका नेताहरू पर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
‘नेपालमा कोरोना भाइरसको संक्रमित छैनन्, स्कुल कलेज बन्द गर्नुपर्ने अवस्था छैन’
छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई
छबि र शिल्पालाई पक्रेरै छोड्ने प्रहरी प्रवक्ताको भनाई
जेठ ३१ गते शुक्रबारको राशीफल यस्तो छ
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
आँधी र बाढीका कारण भियतनाममा १० को मृत्यु, कैयौँ बेपत्ता
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र
नागरिकता विवाद : सर्वोच्चले रोक्यो गृहमन्त्रीको निर्णय परिपत्र
महोत्तरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
महोत्तरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?