नेप्से परिसूचक २७ अङ्कले बढ्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २८, २०७९
|
|
६६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ ।
  • नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो ।

काठमाडौँ । मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो ।

आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय ३९ दशमलव ९१ र जीवन बीमा समूहको उपसूचक ८६ दशमलव १० अंकले बढेको छ । बैंकिङ समूह १६ दशमलव ७७, विकास बैंक समूह ७९ दशमलव १८, वित्त समूह ३७ दशमलव ४८, होटल तथा पर्यटन समूह ५३ दशमलव २२ र जलविद्युत् समूह ३७ दशमलव ९४ अंकले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ७६, लघुवित्त समूह ४९ दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव १६, निजीवन बीमा समूह ६२ दशमलव ९२, अन्य समूह १७ दशमलव ४६ र व्यापार समूह २१ दशमलव ९८ अङ्कले बढेको छ ।

पछिल्ला दिनहरुमा लगातार सकारात्मक सर्किट लाग्दै आएको कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ६९ प्रतिशतले बढेको छ ।

असानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ५४ प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड १० लाख ९३ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ८७ हजार पाँच सय ९४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव
ध्रुवेको अनौठो प्रेम, पाँच वर्षपछि यसरी आयो! चितवन निकुञ्जमा तनाव
लेखनाथ महानगरपालिकामा  शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
लेखनाथ महानगरपालिकामा शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण
लोकतन्त्र सुदृढीकरणमा थप प्रेरणा -बालकृष्ण खाँण
कारागार नहुँदा कैदीबन्दी राख्न समस्या
कारागार नहुँदा कैदीबन्दी राख्न समस्या
केपी शर्मा ओली जनताका नेता होईनन माफियाका प्रधानमन्त्री हुन: गाेविन्द केसी (भिडियाेसहित)
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास
प्रदेश ४ को हिउँदे अधिबेसन अन्त्य, नीति तथा कार्यक्रम र बजेट पास
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो
इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा डिस होम
इन्टरनेट सेवा प्रदान गर्ने तयारीमा डिस होम
आधा भन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार !
आधा भन्दा बढी महिलामाथि कार्यकक्षमै यौन दुव्र्यवहार !

तपाईंले छुटाउनुभयो कि?