मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
मनाेरञ्जन :विवाह गरेको १७ वर्षपछि असफल, अर्को विवाहको तयारी हुँदै गर्दा बेहुलाको निधन

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
मुम्बई। १९७७ मा फिल्म ‘जलिया वाला बाग’ बाट बलिउडमा करियर सुरु गरेकी अभिनेत्री दीप्ती नवलले आइतबार आफ्नो ६७ औं जन्म दिन मनाइन्। जसले आफ्नो  फिल्म क्षेत्रमा अलग पहिचान बनाकी छन्। 
आफ्नो तीन दशक लामो करियरमा दीप्ति नवलले दर्जनौं यस्ता फिल्मका गरिन जो उनको जीनवको कोसे ढुंगा सावित भए। एक बार फिर, अनकही, बवण्डर, लीला, फिराक जस्ता फिल्मा उनले काम गरेकी थिइनु। दीप्तिलाई प्रत्येक निर्माताले आफ्नो फिल्ममा लिन चाहन्थे। उनको व्यवसायी जीवन सफलताको उचाइमा थियो भने निजी जीवन भने राम्रोसँग चलेको थिएन। 
दीप्तिले १९८५ मा निर्देशक प्रका झासँग विवाह त गरिन्, तर १७ वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद भयो।  यी दुवैले धर्मपुत्रीका रुपमा पालेकी एक छोरी छन्। जसको नाम दिशा हो। उनी गायनमा रुची राख्छिन्। उनले आफ्नो बुवाको फिल्म राजनीतिमा कस्ट्यूम डिजाइनरको रुपमा काम गरिसकेकी छन्। प्रकाश र दीप्तिबीच सम्बन्ध विच्छेद भएपनि उनीहरुबीचको सम्बन्ध निकै सुमधुर छ।
सम्बन्ध विच्छेदपछि दीप्ति नवलको जीवनमा चर्चित शास्त्रीय गायक पण्डित जसराजका छोरा विनोद पण्डित आए। दीप्ति त्यतिबेला धेरै खुशी थिइन्, कि अब सबै ठिक ठाक हुन्छ भन्ने उनलाई लागेको थियो। यी दुईबीच टिकोटाला पनि भयो। विवाहको मिति तय गर्ने कुरा भइरहेको थियो, तर भाग्यमा शायद अरु नै लेखेको थियो।
एकातर्फ दीप्तिको विवाहको मिति तय भयो भने अर्कोतर्फ विनोद पण्डितको निधन भयो। प्रेममा दुई पटक सम्म असफल भएपछि दीप्ति निकै चिन्तित भइन्। तर उनले आफूलाई सम्हालिन र विनोद पण्डितको निधनपछि उनले विवाह गरिनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?