सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र २९, २०८१
|
१
|
६३ पटक हेरिएको
Shares
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।
  • आज ६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। आज ६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन्।

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भने, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्। यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौं।”

प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताएका छन्। “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ आज हामी ६०औं राष्ट्रिय बाल दिवस देशव्यापी रुपमा मनाइरहेका छौं, यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बालबालिका तथा बालबालिका अभिभावकहरुलाई हार्दिक बधाई तथा शुभकामना”, उनले भने, “हामी ६०औं बाल दिवस मनाइरहँदा बालबालिकाले पाउनुपर्ने बालअधिकार, माया, ममता, स्नेह, स्वास्थ्य, शिक्षा, मनोरञ्जन पाउन सकिरहेका छैनन्।”

उनले ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन्। “पोषणयुक्त खाना, न्यानो नाना, विद्यालय जाने र गुणस्तरीय शिक्षा पाउने अवसर, स्वस्थ्य रहन पाउने अधिकार उपलब्ध गराउनैपर्छ। बालविकास विभिन्न कार्यक्रम सञ्चालन भए पनि ती प्रभावकारी हुन सकेका छैनन्,” उनले भने।

गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उनको भनाइ छ। “बालबालिका मानव जातिका भविष्य हुन्। हाम्रा तमाम् अभिभावकले बालबालिकालाई स्नेहपूर्वक रुपमा हुर्काउन, तिनको उपयुक्त बौद्धिक, मानसिक र शारीरिक विकास गर्नका लागि भूमिका खेल्नुपर्छ,” उनले भने, “आमा बालबालिका लागि पहिलो गुरु हुन्। बालमैत्री वातावरण बनाइयोस्। बालबालिकालाई माया गराैं। सही आचारण सिकाउँदै जानुपर्छ। समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न बालबालिकामा लगानी गर्नुपर्छ, उनीहरुलाई भविष्यको योग्य नागरिक बनाउन सक्छौं।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    thefriskys

    I do not even know how I ended up here but I thought this post was great I dont know who you are but definitely youre going to a famous blogger if you arent already Cheers

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
दशैमा देशका यी स्थानबाट साट्नुस नयाँ पैसा
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
४ न्यायाधीशले पत्रकार सम्मेलन गर्दै भने- ‘प्रधानन्यायाधीशका कारण लोकतन्त्र जोखिममा’
आज शुक्रबार,कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार,कस्तो छ तपाईंको राशिफल?
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
लाजै मर्दो अबस्थामा रहेका महिला र पुरुष प्रहरीको खोरमा !!!
Will Latino Mail Order Star of the wedding Fill Your daily life With Completely happy Marriage?
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
शनिबार उत्साहित देखिएका बाबुराम भोलिपल्टै निराश, भाँडियो उपेन्द्रसँगको एकता
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
पन्ध्र महिनामा पनि पुलको काम शुरु भएन
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो

तपाईंले छुटाउनुभयो कि?