नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३, २०८०
|
|
५५ पटक हेरिएको
Shares
नमोबुद्धद्वारा आजदेखि श्रम स्वीकृति प्रदान

सारांश

  • काभ्रेपलाञ्चोक ।
  • नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ ।
  • वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ ।

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आजदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ ।

आजदेखि नगरको केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए । उनका अनुसार सरकारी व्यवस्थाअनुसार वैदेशिक रोजगारलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो र सहज बनाउन स्थानीय तहबाटै उक्त व्यवस्था सुरु गरिएको हो ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये नमोबुद्ध नगरले आजबाट उक्त स्वीकृति प्रदान सुरु गर्न लागेको हो । नगरले वैदेशिक रोजगारमा जान चाहने आफ्ना नागरिकलाई श्रम स्वीकृति लिन सार्वजनिक अपिलसमेत गरेको छ ।

गत चैत १६ गते नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)को मन्त्रीस्तरिय निर्णयबाट वैदेशिक रोजगारमा जान चाहने नागरिकले सम्बन्धित स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनुपर्ने निर्णय भएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ ।

(https://www.leankitchenco.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
सप्तरीबाट प्रश्नपत्र बाहिरिएको आशंका, सिआइबिले छानबिन शुरु
एक घण्टाको बाटो दुई मिनेटमा
एक घण्टाको बाटो दुई मिनेटमा
नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीद्वारा पक्राउ
नागढुृंगाबाट लागुऔषध सहित तीनलाई प्ररहीद्वारा पक्राउ
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
कुनै बेला सडममा पेन बेच्ने यी कलाकार, अहिले हुन् १९० करोडका मालिक
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
भोजपुरमा शेरधन राईमाथि बम प्रहार, सुरक्षा गार्ड घाइते (तस्विरसहित)
देवी ज्ञवाली भन्छन् : सर्वोच्चमा जानु नै गल्ती भो
देवी ज्ञवाली भन्छन् : सर्वोच्चमा जानु नै गल्ती भो
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
नख्खु विष्फोट किन गरायो विप्लव नेत्तृत्वको कम्यूनिष्ट पार्टीले ?
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता
मधेस केन्द्रित दलहरूबीच सहकार्यको प्रयास, त्रिपाठीले थाले वार्ता

तपाईंले छुटाउनुभयो कि?