देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १७, २०८०
|
|
६२ पटक हेरिएको
Shares
देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद

सारांश

  • कञ्चनपुर ।
  • परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् ।
  • आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो ।

उनले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताए । उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताए । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उनले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए ।

उनले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्वा लिएर जनताका बीचमा जान उहाँले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के जनावरले पनि शोक मनाउँछन् ?
के जनावरले पनि शोक मनाउँछन् ?
चैते धान खेती घट्दो
चैते धान खेती घट्दो
स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच १२ बुँदे सहमति
स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच १२ बुँदे सहमति
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
उपप्रधानमन्त्री श्रेष्ठले भनेः कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
अष्ट्रेलियामा यसरी हुँदैछ नेपाली प्रेमी र श्रीमानको वेहाल
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
सिल्क एयरले ल्यायो मध्यराती कोरोना प्रभावित देशबाट ९८ यात्रु, सबैलाई क्वारेन्टाइनमा राखियो
नेपाललाई जापानमा खेल्ने मौका
नेपाललाई जापानमा खेल्ने मौका
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?

तपाईंले छुटाउनुभयो कि?