पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १९, २०८०
|
|
६० पटक हेरिएको
Shares
पालिकाले बनाएका स्वास्थ्य नीति कार्यान्वयनमा आएनन्

सारांश

  • दाङ ।
  • दाङका सबै पालिकाले स्वास्थ्य नीति बनाएका छन् ।
  • तर, कार्यान्वयनमा भने आएका छैनन् ।

दाङ । दाङका सबै पालिकाले स्वास्थ्य नीति बनाएका छन् । तर, कार्यान्वयनमा भने आएका छैनन् । जिल्लाका दश वटै स्थानीय तहले पहिलो पटक जनप्रतितिनिधि आएको बेला नै सो नीति बनाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ मा जारी गरेको स्वास्थ्य संस्था सञ्चालन सम्बन्धि मापदण्ड अनुसार काम गर्नुपर्ने भएकाले स्थानीय तहले ल्याएका स्वास्थ्य नीति प्रभावकारी कार्यान्वयनमा आउन सकेनन् ।“संघीय मन्त्रालयले बनाएको कानुनमा टेकेर प्रदेश र स्थानीय तहले कानुन बनाउनु पर्छ । पहिले स्थानीय तहले बनाएको र पछि संघले मापदण्ड संसोधन गरेकाले हामीले बनाएका कानुन अहिले काम लाग्ने अबस्थामा छैनन”,तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले भने ।

संघले बनाएको मापदण्ड अनुसार स्थानीय तहले १५ शैयासम्मको अस्पताललाई अनुमति दिने र अनुगमन गर्ने जिम्मा छ । तर, लुम्बिनी प्रदेश सरकारले बनाएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नती नियमावली २०७७ को दफा ८ को उपदफा २ अनुसार स्वास्थ्य क्लिनिक,निदान केन्द्र,प्रयोगशाला वा रेडियो इमेजिङ सेवा तथा पोलिक्लिनिक स्थापना तथा सञ्चालन अनुमति प्रदेश सरकारले दिने कुरा उल्लेख छ ।

यो कुरा संघसंग बाझिएकाले पनि स्थानीय सरकारको स्वास्थ्य नीति अनुरुप काम गर्न समस्या भएको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए ।“संघले बनाएको कानुनमा प्रदेश सरकारको बाझिएको छ”,उनले भने “त्यसले गर्दा पनि हामीले बनाएका नीति अनुरुप हामीले काम गर्न सकेका छैनौं ।’

संघले बनाएको ऐनमा नबाझिनेगरि प्रदेशले कानुन बनाएमा सोही अनुसार स्थानीय तहले कानुन संसोधन गरेर कार्यान्वयन गर्न सकिने दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालले बताए ।

स्थानीय स्वास्थ्य नीति नहुँदा स्वास्थ्य संस्था तथा अनुगमन गर्न समस्या हुने गरेको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले बताए ।“माथिबाट कागजात पु¥याएर आएमा हामीले दर्ता त गर्ने गरेका छौं”,उनले भने “तर, हामी आफैलाई कागजात हेर्ने अधिकार पनि छैन, अनुगमनको अधिकार पनि छैन ।”

स्वास्थ्य संस्था अनुगमनको अधिकार नहुँदा स्वास्थ्य संस्थाहरु मनोमानी ढंगले चलिरहेका छन् । कोही दर्ता नभएर चलिरहेका छन्, भने कोही नवीकरण छैनन् । केही स्वास्थ्य संस्थाहरुमा फार्माशिष्ट विनानै औषधि वितरण गरिरहेका छन् । स्वास्थ्य संस्थाका भवन पनि मापदण्ड अनुसार छैनन् । अस्पतालका धेरै भवनहरु भुकम्प प्रतिरोधि छैनन् । पोलिक्लिनिकहरुले बेड सञ्चालन गर्न पाउदैनन्, तर, पोलिक्लिनिकहरुले बेड सञ्चालान गरेर उपचार गरिरहेका छन् । यसको अनुगमन गर्न औषधी ब्यबस्था विभागले बर्षमा एक पटक वा दुई पटक मात्रै अनुगमन गर्ने गरेको छ । त्यतिले मात्रै नपुग्ने भएकाले अनुगमनको पाटोलाई प्रभाबकारी बनाउनकालागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने गढवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलास चौधरीले बताए ।

अनुगमनकालागि सरकारले कर्मचारी खटाउनु पर्छ । अहिले स्थानीय तहको स्वास्थ्य शाखामा अहेब, अनमी र एकजा कार्यालय सहयोगीको व्यवस्था गरेको छ । यसमा पनि सैद्धान्तिक बेरुजु देखाउने गरेको छ ।“नीतिमा अहेब, अनमी र एक जना कार्यालय सहयोगी भनेको छ, त्यो पनि दरबन्दी सिर्जना भएको छैन”, गढवाका स्वास्थ्य शाखा प्रमुख चौधरीले भने “त्यसले गर्दा पनि सैद्धान्तिक बेरुजु पनि देखाउने गरेको छ ।” स्वास्थ्यमा तीन तहको सरकारको समन्वयकारी भूमिका नहुँदा यसलाई मापदण्डमा ल्याउन पनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’
‘नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ’
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
प्रवासमा नेपाली पत्रकारिता विषयक अन्तरक्रिया
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
न्यायपालिकामा दबाब दिने नेताको नामसहित ‘न्याय’ नामको पुस्तक ल्याइन् पूर्वप्रन्या कार्की
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालको अग्रता
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि
प्रहरीद्वारा तेह्र जिहादी मारिए
प्रहरीद्वारा तेह्र जिहादी मारिए
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
धादिङको बेन्दिदेवी बुथ कांग्रेसको कब्जामा, वाम गठबन्धन लखेटियो, मतदान ठप्प
Бк Mostbet: Скачать На Любое Устройство Как Скачать Mostbet Приложени
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ:  प्रधानमन्त्री ओली
ठुलो परिर्बतन पछि हामि नयाँ अबिभारा पुरा गर्ने बाटोमा अगाडी बढेका छौँ: प्रधानमन्त्री ओली
गायक उदितनारायण जन्मथलो सम्झेर सप्तरी आए
गायक उदितनारायण जन्मथलो सम्झेर सप्तरी आए

तपाईंले छुटाउनुभयो कि?