गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
५५ पटक हेरिएको
Shares
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

सारांश

  • बैतडी ।
  • पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन ।
  • गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिएको थियो ।

बैतडी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिएको थियो ।

टाउको परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर, अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उनले भने, “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।”

टाउकोको डीएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइने प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, “अस्पतालको रिपोर्ट आएपछि टाउकोको नमूना संकलन गर्ने र परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाउँछौँ ।”

घट्नाबारे अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिट्टी ल्याइएको भनिएको बाचपानी क्षेत्रमा अनुसन्धानलाई केन्द्रित रहेको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, “बाचपानी वरपरका क्षेत्रका कुनै मानिस हराएका थिए कि भनेर सोधपुछ भइरहेको छ । गिट्टी ल्याएको स्थानमा शरीरको अन्य भाग पनि मिल्छ कि भनेर खोज्दै छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु
संविधानलाई उत्कृष्टतापूर्वक जनताको जनजीविकासँग जोड्नुपर्छ : युवाहरु
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
तीन सय विद्युतीय बस खरिदकालागि साझा यातायातलाई तीन अर्व
तीन सय विद्युतीय बस खरिदकालागि साझा यातायातलाई तीन अर्व
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि बहस
बागलुङमा पनि मतगणना सुरु
बागलुङमा पनि मतगणना सुरु
यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
यसै वर्ष आउने भो नेपालमा रेल, मोरङको कटहरीसम्म बिछ्याइयो लिक
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
समाजवादी पार्टीको संघीय परिषद सुरु, पार्टी एकता र सरकारलाई समर्थन मुख्य एजेण्डा
कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर
कात्तिक लगत्तै मन्त्रिपरिषद पुनर्गठन, यी नेताले पाउँदैछन् अवसर
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
किन हुन्छ युवा अवस्थामै मुटुरोग ?
उपलकुपति  प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा
उपलकुपति प्रकरण: नियन्त्रण गर्ने हैसियत प्रधानमन्त्रीको हुँदैन: केदारभक्त माथेमा

तपाईंले छुटाउनुभयो कि?