मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल

सारांश

  • पर्सा, २२ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।
  • जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज उन सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताए।

पर्सा, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई आज उन सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताए।राज्यले लगानीको सुरक्षा गर्छ भन्ने विश्वास नभएसम्म ठूला वैदेशिक लगानी नेपाल भित्र्याउने तथा समृद्धी हासिल गर्ने विषय कृतिम कुरा मात्र हुने भन्दै उनले मुलुकभित्र रहेका लगानीकर्तालाई राज्यले ढुक्क बनाउनुपर्ने बताए । व्यापारीले घुस खुवाउनु पर्ने अवस्थाको अन्त्य र व्यापारीमाथि रहेको अनावश्यक झन्झट अन्त्य नभए देशभित्रको पूँजीसमेत पलाएन हुने जोखिम बढ्ने भन्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारको अन्त्य र लगानीमैत्री वातावरण बनाएर मात्रै विकास तथा समृद्धीको लक्ष्य हासिल गर्न सकिने धारणा राखे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले उद्योगी व्यपारीलाई ढुक्क भई लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एउटै वस्तुमा दोहोरो तथा तेहरो कर लाग्न नदिने संघीय सरकारले धारणा बनाएको जानकारी दिँदै करका विषयमा विबाद गर्नुपर्ने अवस्था छैन भने । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सकरारले व्यापारमैत्री कानून तथा वातारण निर्माण भए मुलुकको विकास र समृद्धी हासिल गर्न निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hang Manoj

    Sabvanda pahile lagani vitrauna xito paper work ko bebastha milau sir

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २: स्थगित गरिएको परिक्षा आजदेखि सुरु, सुरक्षा व्यवस्थासमेत कडा
प्रदेश २: स्थगित गरिएको परिक्षा आजदेखि सुरु, सुरक्षा व्यवस्थासमेत कडा
संसदमै गगन थापाले गरे र्अथ मान्त्री माथि हमला !
नवराज सिलवालको अन्तर्वार्ता : देउवाले अफर पठाएका थिए
नवराज सिलवालविरुद्धको मुद्दा फेरि ब्यूँतिने!
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण सहयोग गर्ने
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
यी ५ राशी भएका युवतीले प्रेममा कहिल्यै धोका दिदैनन्
साताको कारोबारको पहिलो दिन नेप्से २६४० विन्दुमा, नेपाल बैंकको सर्वाधिक कारोबार
विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)
विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल

तपाईंले छुटाउनुभयो कि?