भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १८, २०८०
|
|
५७ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

सारांश

  • चितवन ।
  • भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ ।
  • भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो ।

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ ।

यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचनासमेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताइन् । मङ्सिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको बताउँदै उनले अब सबै वडामा अवैध संरचना हटाउने काम सुरु गरिने बताइन् ।

महानगरभित्र २९ डामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरीतका अवैध संरचना एकिन गर्ने काम सकिएको उनले जानकारी दिइन् । विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, सीमाङ्कन गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ महानगर लागेको हो । महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरिएको छ । नारायणी नदी किनारमा रहेका अवैध संरचना हटाउन पटक–पटक सूचना जारी गरिएको थियो ।

महानगरपालिकाले वडा अध्यक्षको संयोजकत्वमा अवैध संरचनाको व्यवस्थापन समिति गठन गरेको छ । सोही समितिले सबै वडामा काम गर्ने उहाँले बताउनुभयो । सरकारी जग्गामा व्यवसाय, सङ्घसंस्था रहेको तथ्याङ्क सङ्कलनको काम सकिएको महानगरले जनाएको छ ।

यस क्रममा पुगी खोला र केरुङ्गा खोला किनारमा बनेका मापदण्ड विपरीतका संरचनालाई हटाइने योजनामा महानगरको छ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले यो अभियान निरन्तर रहने उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

उनले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने बताउँदै नारायणी नदी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउने कार्य सम्पूर्ण महानगरवासीको साथ सहयोग अपेक्षा गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प
व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प
खग्रास चन्द्रग्रहण के हो ?
खग्रास चन्द्रग्रहण के हो ?
मलेसियामा नेपाली कामदारसहितका यात्रु बोकेको बस दुर्घटना
मलेसियामा नेपाली कामदारसहितका यात्रु बोकेको बस दुर्घटना
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
यी हुन् मन्त्रीपरिषदले गरेका २० वटा निर्णयहरू
यी हुन् मन्त्रीपरिषदले गरेका २० वटा निर्णयहरू
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
काँग्रेस जत्तिको अर्को पार्टी दक्षिण एशियामै छैन्
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

तपाईंले छुटाउनुभयो कि?