के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २१, २०७४
|
|
३९ पटक हेरिएको
Shares
के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस

सारांश

  • काठमाडौं, माघ २१ ।
  • नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ ।
  • नेपाली हास्यटेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हब प्रा.

काठमाडौं, माघ २१ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हास्यटेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हब प्रा.लि. बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताएका छन् ।

‘कार्यक्रम को सम्झौता अनुसार कहिले पनि भुक्तानी भएन । केही कथित व्यक्तिहरुको मनोमानीले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दामाथि देखियो ।’ अर्जुनले फेसबुकमा लेखेका छन् ।

भद्रगोल गएको शुक्रबार १५७ भागसम्म प्रसारण भएको थियो । पछिल्लो समय समाजका चासोको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दै आएको भद्रगोल नेपाली युट्युब ट्रेडिङको शीर्षस्थानमा पनि धेरैपटक आइरहेको छ ।

यो भन्दाअघि अन्य हास्यटेलिसिरियल पनि यसैगरी बन्द हुँदै आएका छन् । मेरीबास्सै, जिरे खुर्सानी, तितोसत्यलगायतका लोकप्रिय टेलिसिरियलहरु पनि बन्द भएका थिए । मेरीबास्सै र जिरे खुर्सानी पुनः प्रसारण हुन थालेका छन् भने तितोसत्य सधैंका लागि बन्द भयो ।

भद्रगोल बन्द भएको बिषयमा मिडिया हवका सञ्चालक सोम धितालसँग कुरा गर्दा भद्रगोल बन्द नहुने बताउँछन् । उनले भद्रगोलका कलाकार तथा निर्देशकले बन्द गर्छु भन्दैमा बन्द गर्न नसक्ने बताए । ‘अर्जुनजीले बन्द गर्छु भन्दैमा कसरी बन्द हुन्छ ? यदि उहाँले गर्नुहुन्न भने अन्य कलाकार राखेर भएपनि हामी (मिडिया हव)ले बनाउँछौं । ढुक्क हुनुस बन्द हुँदैन ।’ धितालले भने ।

अपडेटः भद्रगोलका कलकार तथा निर्देशक अर्जुन घिमिरेले फेसबुकमा राखेको स्ट्याटस १० मिनेट नहुँदै हटाइसकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत
चोलेन्द्र विरुद्धको महाअभियोग प्रस्ताव नयाँ संसदमा लैजान सांसदहरु सहमत
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)
प्रहरीमा एकैपटक ५०६ जनालाई बढुवा (नाम सूचिसहित)
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन, लद्दाखलाई छुट्टै भूभागको मान्यता
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए
जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
जोखिम नियन्त्रण गर्न गाउँपालिकामा प्रवेश निषेध
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’
‘आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन’