मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह

सारांश

  • सप्तरी, २९ भदौ ।
  • राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गर्नुभएको छ ।
  • राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार साँझ राजविराजमा स्थानीय प्रशासन निर्वाचनका पदाधिकारी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनमा मतदाताको सुरक्षा, मतपेटिका सुरक्षा र दलका नेता कार्यकर्ताको सुरक्षाका साथै निर्वाचन आचारसंहिताको पालना हुनुपर्नेतर्फ स्थानीय प्रशासन लाग्नुपर्ने बताउनुभयो ।

सप्तरी, २९ भदौ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं २ मा हुन लागेको स्थानीय निर्वाचनमा मानवअधिकारको उल्लंघन हुन नदिन सबैलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगद्वारा बुधबार साँझ राजविराजमा स्थानीय प्रशासन निर्वाचनका पदाधिकारी र सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनमा मतदाताको सुरक्षा, मतपेटिका सुरक्षा र दलका नेता कार्यकर्ताको सुरक्षाका साथै निर्वाचन आचारसंहिताको पालना हुनुपर्नेतर्फ स्थानीय प्रशासन लाग्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले राजनीतिक दलहरुबीच द्वन्द्व हुन नदिन र आपराधिक क्रियाकलाप रोक्नका लागि सबैलाई आग्रह गर्नुभयो । सोही कार्यक्रममा सप्तरीका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले सप्तरी जिल्लाको स्थिति समग्ररुपमा राम्रो रहेको र र राजनीतिक दल र प्रशासन र कर्मचारीबाट सहयोग भइरहेको जानकारी दिनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सप्तरीमा निर्वाचनको अवस्था शान्तिपूर्ण रहेको र जनता पनि अत्यन्त उत्साहित भएको बताउँदै कुने आपराधिक घटना हुन नदिन सुरक्षा निकाय गम्भीरतापूर्वक लागेको बताउनुभयो ।

निर्वाचन आयोगबाट सप्तरीमा अनुगमनमा खटिएका सहसचिवद्वय रविराज रेग्मी र छवीन्द्र पराजुलीले सप्तरीमा छिटफुट घटनाबाहेक निर्वाचन आचारसंहिता उल्लंघन नभएको र सप्तरीको निर्वाचन र मतदान केन्द्रको अवस्थाबारे अनुगमन भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
दिल्ली बलात्कार काण्डका दोषीलाई झुन्ड्याएर मृत्युदण्ड दिइएपछि पीडितका आमाबुवाले के भने ?
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने–  ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
असी बर्षिय वृद्धले शंकर पोख्रेललाई भने– ‘तपाई मुख्यमन्त्री भएर आउनुहोस् म माला तयार गर्छु’
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
६० बर्षदेखि म्याद थपेको थप्यै, पूरा भएन कान्ति लोकपथ
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
‘लालपुर्जा दिनेलाई भोट’
‘लालपुर्जा दिनेलाई भोट’