सप्तरीमा एक युवती सामूहिक बलात्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सप्तरीमा एक युवती सामूहिक बलात्कृत

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

सप्तरी, १२ भदाै । सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कारमा परेकी छन् ।रक्षाबन्धनको दिन खड्ग नगरपालिकाको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ६/७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी २० वर्षकी युवतीले प्रहरीमा उजुरी दिएकी हुन् । मेला चलिरहेका बेला एक्कासी पानी पर्न थालेपछि साथीहरुसँग छुटेकी उनी ९ बजेतिर घर जाने क्रममा बलात्कृत भएकी हुन् ।

युवतीले मदिरा सेवन गरेका युवाहरुले आफूलाई एकान्त ठाउँमा लगी बलात्कार गरेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्याललयका प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

युवतीको उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अन्यको खोजी भइरहेको डीएसपी रिमालले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ratna Ghising

    Ana kun chai nirdos lai lagera jangalma inkauntar garxa yo police ko niti ho ????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?